Breaking News

शब्द

शब्द जती सुन्दर भए पनि
शब्द आफैमा केही होइन रहेछ
भावले शब्द को सुन्दरता
प्रक्षेपण गर्नी रहेछ ।

खै कसरी म भनु
ती लामा कथा पढेर
राम्रो गर्नु भयो भनेर ।

त्यस को भावले
तपाईं तिर नै बढी
औला उठाएको थियो ।
व्याख्या थियो त्याहाँ
इमान्दारिता थिएन ?
आरोप धेरै थियो

तर
पुष्ट्याइँ थिएन ।

आफ्नो जीउभरि हिलो लाग्दा
तपाईं त
ऊ त्यसको जीउमा हिलोको छिटा
पर्यो भनेर देखाउँदै हिड्नु भएको छ ।

मैले त दुर्गन्ध पाए
अनि म कसरी सुगन्ध भनु ?
आफूलाई महान बताउँदै गर्दा
तपाईं सहितको हामी कता हरायौ  ?

मैले त कुण्ठा पाए तपाईंको शब्दमा
कसैलाई खुसी पार्न
कसै बाट प्रसंसा सुन्न
लालायित तपाईंको शव्दलाई,
यात्रा पर सम्मको छ
निकृष्ट भावको बोझले
थिचिएको छ तपाईंको शब्द ।

आत्मरति को निँछरो भावमा
खै के बचाउनु भो ?
कुन इतिहास जोगाउनु भो ?
तपाईंको शब्दले
अपनत्व धूमिल बनाएको छ
वाह वाह पाउने धुनमा
बद्नाम कमाएको छ ।

लेखक कुमार पन्त

वडा समाचारहरु

सम्बन्धित समाचारहरु