Breaking News

अमेरिकी डाइभर्सिटी (डिभी)को अवेदन असोज १७ बाट खुल्नेः यसरी भर्नुहोस डिभी

काठमाडौं– हरेक बर्ष खुल्दै आएको अमेरिकी डाइभर्सिटी भिसा अर्थात (डिभी)को अवेदन असोज १७ बाट खुल्ने भएको छ । २०२० का लागि खुल्ने यो आववेदनको समय एक महिना भन्दा केही लामो हुने छ । जस अन्तर्गत नेपाली समयअनुसार असोज साँझ १७ गते सा ९ः४५ बजेबाट सुरु भई र २० कार्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासले दिएको जानकारी अनुसार डीभी चिट्ठा भर्दा कुनै शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । यो पटकको डिभी चाहानेले www.dvlottery.state.gov मा गई आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु