Breaking News

निर्देशक विकासराज आचार्यको नयाँ चलचित्रमा पुनः स्वस्तिमा खड्का

काठमाडौ– पछिल्लो समय नायिका स्वस्तिमा खड्काको व्यस्तता निकै बढेको छ । स्वस्तिमा यतिबेला नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त नायिकाको रुपमा गनिन्छिन् ।

निर्देशक विकासराज आचार्यद्धारा निर्देशित हिट सिक्वेल ‘नाई नभन्नु ल ५’मा अभिनय गरेपछि उनको लोकप्रियता अझ चुलिएको छ । एकपछि अर्को गदै ठूला ब्यानरका चलचित्रहरुबाट उनलाई अफर आइरहेको छ भने ‘जय भोले, छक्का पन्जा ३, बुलबुल’ उनको चलचित्र रिलिजको क्रममा छ । अव पुनः निर्देशक विकासराज आचार्यद्धारा निर्देशित नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा स्वस्तिमा नायिकाको रुपमा फाइनल भएकी छिन् ।

म्यूजिकल लभ स्टोरीमा बन्न लागेको यस चलचित्रको लागी नायक र अन्य कलाकारहरु भने खोजि भइरहेको छ । चलचित्र चाडै छायांकनमा जाने तयारी भइरहेको निर्देशक विकाशराज आचार्यले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु