Breaking News

प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र सीमाविद् बुद्धिनारायण श्रेष्ठबिच छलफल

काठमाडौं– प्रदेश सभा सदस्य रामेश्वर फुयाँल र सीमाविद् बुद्धिनारायण श्रेष्ठ बीच भेटघाट एवं सीमा सम्बन्धी छलफल भएको छ । श्रेष्ठको निजि निवास नै पुगी फुयाँलले सीमा सम्बन्धी चासो राखेका छन् । भेटघाट एवं छलफलमा फुयाँलले नेपालको सीमा सम्बन्धी समस्या र नेपालीहरुले भोगीरहनु परेको ब्यथा र यसलाई के कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित भई छलफल गरेका छन् ।

श्रेष्ठ र फुयाँलबीच भएको छलफलमा आधुनिक पुस्तकालयहरु खोलिने, त्यसमा नेपाली सीमाको नक्सा राखिने र पुस्तकालयमा युग पुरुषहरुको नेपालको सीमा बिवाद सम्बन्धी भनाईहरु राखिने छलफल भएको छ । भावी पुस्ताहरुलाई समेत नेपालको सिमाङकन गर्न सजिलै जानकारी दिन सकिने भएकाले उक्त आधुनिक पुस्तकालयमा इ–लाईब्रेरी, अडियो, भिडियोको सुविधा समेत हुनेगरी स्थापना गरिने छलफल भएको छ ।

सीमासम्बन्धि बिबादमा नेपाल बर्षेनि खुम्चिरहेको छ । त्यसलगायत समय समयमा भारतियले नेपाली भूमिलाई अतिक्रमण गर्दै जनतालाई पनि सास्ती दिईरहेको समाचारहरु पटक पटक प्रकाशन समेत भएका छन् । प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले यस्तो अवस्थामा यी सीमासम्बन्धि समस्याहरुलाई के कसरी समाधान गर्न सकिन्छ भनी सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग छलफल गरेका छन् ।

को हुन् सीमाविद् बुद्धिनारायण श्रेष्ठ ?
बुद्धिनारायण श्रेष्ठ कालापानीको लिम्पियाधुरामा भारतिय पक्षले अतिक्रमण गरेकामे भू–भागको क्षेत्रफल ३७ हजार हेक्टर हो भनी तोक्नो पहिलो व्यक्ती श्रेष्ठ हुन् । पछल्लो समयमा नेपालको ७१ स्थानमा भारतले सिमाना मिचेको तथ्य प्रमाण उनले नै बाहिर ल्याएका थिए ।

उनी नापी बिभागका पुर्व महानिर्देशक रहेका थिएभने उनले मदन पुरस्कार समेत प्राप्त गरेका छन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु