Breaking News

होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ र होटल अन्नपुर्ण नेपालका मजदुर युनियनबिच एकता घोषणा

काठमाडौं– होटल अन्नपुर्ण नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ बिच एकता घोषणा सभा आज अन्नपुर्ण होटल परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रमका विशेष अथिती केन्द्रिय अध्यक्ष सुर्य बहादुर कुवँर, उपाध्यक्ष कुमार पन्त तथा केन्द्रबाट  उपाध्यक्ष महासचिब, सचिब सदस्यहरु रहेका छन् । कार्यक्रमको सञ्चालन कृष्ण बहादुर पुलामीले गरेका छन् भने कार्यक्रमको अध्यक्षयता नर बहादुर लामिछानेले गरेका छन् । होटल अन्नपुणमा भएको कार्यक्रममा तिर्थ सुवेदी, बद्री प्रसाद पौडेल, महेश राज जोशी लगायत त्यस होटल संगठनका पदाधिकारीहरु र पदाधिकारी सदस्य लगायत विभिन्न होटल प्रतिष्ठानका व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।

कार्यक्रमका विशेष अथिती कुमार पन्तले यस एकता कार्यक्रमको लक्ष्य नै चुनाव भएको बताएका छन् । उनले कार्यक्रममा १० प्रतिशत सेवा शुल्क बढाउन सफल भएकोमा खुसी प्रकट गरेका छन् । उनले कुनैपनि एजेन्डा टुङग्याउन नहुने बताउदै यो भन्दा राम्रो बनाउनको लागि अर्को आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले थप्दै ट्रेड युनियनको चुनाव समयमै हुनुपर्नेमा जोड दिएका छन् । १० प्रतिशतको कुरा उठाउदै त्यस सहमति नराम्रो नभएको बताउदै पेशागत ढंगले प्राप्त गर्ने सेवा मजदुरको अधिकार भएको बताएका छन् । मजदुरका अधिकार खोसिनबाट सचेत हुन् उनले आग्रहसमेत गरेका छन् ।

नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्टका अध्यक्ष तिर्थ सुवेदीले बिभिन्न कठोर परिस्थितमा मिल्न नसकेको बताउदै विस्तारै सहयोगको भावना जागृत हुदै आएर त्यसको परिणामस्वरुप अन्नपूर्णमा पनि मजदुरका हितका निम्ती एकता गर्न लागेको बताएका छन् । मजदुर पहिलेदेखी नै पीडित भएको बताउदै ३७५० सेवासुबिदा  बृद्धि मजदुरकै हितका निम्ती बढाइएको बताउदै आगामी दिनहरुमा मजदुरका अधिकारका निम्ती सङघर्ष गर्ने बताएका छन् ।

कार्यक्रमका अर्का अथिती बद्री पौडेलले कुनैपनि हिसाबमा चुनाव रोक्न नहुने बताउदै  भने यस एकताले  देशभरी नै छरिने विश्वास व्यक्त गरेका छन् । उनले यस एकता मजदुरको हकहितका लागि हुने र अहिलेको आवश्यकता औद्योगिक शान्तिका लागि हुने बताएका छन् ।

कार्यक्रमका विशेष अथिती केन्द्रिय अध्यक्ष सुर्य बहादुर कुवँरले कार्यक्रममा बोल्दै भने आजको एकता समयको माग र मजदुरहरुको हितको लागि हो | मजदुर आन्दोलनमा यो एकताले नयाँ आयाम ल्याउने बताएका थिए । त्यसैले आउने १९ गतेको चुनावमा सबै साथीहरुलाई आ -आफ्नो ठाउँबाट तयारी समेत गर्न निर्देशन देनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय गान, सहिद प्रति समवेदना लगायत उपाध्यक्ष प्रकाश न्यौंपानेले स्वागत मन्तब्य राख्दै महेश राज जोशीबाट औपचारिक रुपमा एकता घोषणा गरेर कार्यक्रमको औपचारिक शुरुआत भएको छ । त्यस लगत्तै राम बुढाथोकी, बद्री प्रसाद पौडेल, तीर्थ सुबेदी, कुमार पन्त र सुर्य बहादुर कुवँरबाट कार्यक्रमको बिर्सजन गरिएको छ ।

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु