Breaking News

मन्त्रीलाई नै नटेरी दाताको खर्चमा कर्मचारी विदेश भ्रमण

''दुई महिनाको अवधिमा ५३ जना कर्मचारी विदेश यात्रा''

काठमाडौं  – वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफूअनुकूल दाताको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । साउन, भदौ र असोजमा मात्रै ५३ जना कर्मचारीले विदेश भ्रमण गरेका छन् । उनीहरू सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् ।

दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचवि, उपसचिव, अधिकृतलगायत छन् । काम थाती राखेर कर्मचारी पालैपालो विदेश जाने गरेका छन् । विदेश भ्रमणपछि दाताकैअनुकूल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् ।

सचिव डा. विश्वनाथ ओली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् । ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाइल्यान्ड घुमेका थिए । साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन् । लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए भने १५ देखि २४ भदौसम्म थाइल्यान्डको भ्रमण गरेका थिए ।

दुई महिनामा एकपटक विदेश भ्रमण गर्ने सहसचिवमा चन्द्रमान डंगोल, धनञ्जय पौडेल, यज्ञनाथ दाहाल, चन्द्रमाण श्रेष्ठ र सिन्धुप्रसाद ढुंगाना छन् । नयाँ पत्रिकाले खवर छापेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु