Breaking News

बेरोजगार उत्पादन गर्ने शिक्षाले समाजवादतर्फ देशलाई उन्मुख गराउन सक्दैन: शिक्षा मन्त्री पोखरेल

''सामुदायिक शिक्षाको उचित व्यवस्थापन सरकारको उच्च प्राथमिकता''

टीकापुर-  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक शिक्षाको अवस्था कमजोर भएका कारण अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न छोडेको जिकिर गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पसका रुपमा टीकापुरमा सञ्चालित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।

सामुदायिक विद्यालयको उचित व्यवस्थापनका लागि शिक्षक र अभिभावकले नेतृत्व लिनुपर्ने औंल्याउँदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको उचित व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा परेको आश्वाशन दिए ।

सामुदायिक विद्यालयमा शिक्षकको छनौट, व्यवस्थापन समितिको चयन प्रक्रियालाई प्रभावकारी परिर्वतन गरेर मात्रै शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

देश समाजवाद उन्मुख बाटोमा अघि बढिरहेको प्रसंग जोड्दै मन्त्री पोखरेलले अबको शिक्षा नीति जीवन उपयोगी प्राविधिक बनाइनुपर्नेमा जोड दिए ।

‘बेरोजगार उत्पादन गर्ने शिक्षाले समाजवादतर्फ देशलाई उन्मुख गराउन सक्दैन’ मन्त्री पोखरेलले भने, ‘त्यसैले सरकारको प्राथमिकतामा प्राविधिक र जीवन उपयोगी शिक्षालाई जोड दिइएको छ ।’अन्नपूर्ण पोष्टले समाचार छापेको छ

वडा समाचारहरु

सम्बन्धित समाचारहरु