मुलुकी ऐनको विरोधमा यातायात हडतालका कारण देशभर सवारी ठप्प

मुलुकी ऐनको विरोधमा यातायात हडतालका कारण देशभर सवारी ठप्प

प्युठान– नयाँ मुलुकी ऐनले यातायात व्यवसायीहरुलाई अंकुश लगाउने कोशिष गरेको भन्दै देशैभरका यातायात व्यवसायीले यातायात ठप्प पारेका छन । सार्वजनिक यातायात मजदुरहरुले तीन दिन देखि देशभरमा गाडी चलाएका छैनन् । मुलुकी ऐनको केहि बुँदाहरुको संशोधनको माग गर्दै यातायात ब्यवसायीहरु आन्दोलित भएका हुुन । उनीहरुले सवारी साधान एक ठाउँमा थन्काएर आन्दोलनमा उत्रेका छन ।

यस्तै केन्द्रीय निर्देशन भन्दै प्यूठानका यातायात ब्यवसायीहरुले पनि सवारी साधान ठप्प पारेका छन् । चार्ड पर्वको समयमा गाडी बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् । अधिकांश गाडी मालिकले आफना गाडी घर र ग्यारेजमा थन्क्याएका छन् । दशै नजिकिए संगै घर तिर जाने यात्रु बस पार्कमा अलपत्र परेका छन । यस्तै सवारी चालकलाई सरकारले अपराधी सरह व्यवहार गरेको यातायात व्यवसायीको आरोप छ ।

अव सवारी पेशालाई परित्याग गर्दै कामको सिलसिलामा वैदेशिक रोजगारमा जाने तयारी गरेको यातायात ब्यवसायी प्रल्हादभक्त श्रेष्ठले वताएका छन् । नयाँ ऐनको विरोध गर्दै चालकहरुले नेपाल यातायात स्वतन्त्र चालक सघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका हुन् । ऐनमा चालकलाई घुमाई घुमाई जेलमा हाल्ने षडयन्त्र भएको यातायात ब्यवसायी सुरेशचन्द्र श्रेष्ठको जिकिर छ ।

चिकित्सकसहित बिभिन्न पेशामा भएकाहरुको माग सुनुवाई भएपनि आफुहरुको माग सुनुवाई नभएकों यातायात व्यवसायीहरुको गुनासो छ । चालक तथा ब्यवसायी हरि खडकाले ऐन परिमार्जन भएर गरिखाने वाटो खुलेमात्रै यातायात सञ्चालनमा ल्याउने नत्र अन्य पेशा अंगाल्ने बताए । उनले चालकहरु असुरक्षित भएको भन्दै चाबी छाडेर वसेको वताए ।

यता यातायात ब्यवसायीको आन्दोलनका कारण चार्डपर्वमा नजिकेका यात्रुहरुले यातायात सेवा बन्द हुदामा सास्ती खेप्नु परेको छ । चार्डपर्व नजिकियो भनेर घर निस्केको तर यातायात बन्दका कारण आफु बाटोमै थन्कन परेको याुत्रुहरुको गुनासो छ । अपराध संहितामा कुनै पनि घटना दुर्घटना गराए घटना दुर्घटनाको कसुर बमोजिम चालकहरुलाई ५ देखि १२ बर्षसम्मको जेल सजायको व्यवस्थाविरुद्व यातायात व्यवसायी सवारी थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु