Breaking News

नेपाल मेडिकल कलेजको लापरवार्हीका कारण ५ बर्षीय बालिकाको अवस्था गम्भीर

काण्माडौै-  गोकर्णश्वर नगरपालिका, अत्तरखेल स्थित रहेको  नेपाल मेडिकल कलेजको चरम लापरवार्हीले पाँच बर्षिय बालिकाको अवस्था गम्भीर रहेको छ ।

५ वर्षीय वालिका निस्मा कार्कीको अवस्था गम्भीर रहेको छ । पिडित परिवारका अनुसार बच्चालाई राती ३ वजे नै अस्पताल पु¥याईएको भएता पनी नाईट ड्युटि पर्ने डाक्टर नै भेटिएनन साथै त्यहाँ रहेका नर्स तथा सिस्टरहरुले पनि आफ्नो दायित्व पुरा नगरेको कारण बच्चाले समयमै उपचार नपाउदा बालकको अवस्था गम्भीर भएको बताएका छन ।

पीडित परिवारका अनुसार नाईट डिउटि पर्ने डाक्टर ऋतु ब्रर्जचार्य विहान ६ बजे मात्र आएर चेक गरेको र सुरुमा ज्वरो मात्र भएको जानकारी दिएकी थिइन ।

वालिकालाई औषधी र इन्जेक्सन लगाएको केहि मिनेटमै बच्चा छटपटाउन थालेपछि डाक्टरलाई गुहारेको र आईसिउमा राख्नुपर्ने भन्दै विल काट्न लगाईयो पछि त्यसैको केहि समयमै वालिकाको अवस्था झनै गम्भीर भएको पिडित परिवारको भनाई थियो ।

उनीहरुका अनुसार अस्पतालको वेवास्ता र लापरवार्हीका कारण बालकको अवस्था चिन्ताजनक र जुनसुकै बेलापनि ज्यान जानसक्ने बताएका छन् ।

इमरजेन्सीमै चिसो भएको विरामी भेन्टीलेटरमा ,तर अस्पताल भने मौन [ Follow Up] 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु