Breaking News

आज कागेश्वरी मन्दरीमा कागेश्वरी मेला: भक्तजनको घुँइचो

काठमाडौं  – कागेश्वरी मनहरा नगरपालिका – १ गागलफेदीमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल कागेश्वरी मन्दरीमा आज कागेश्वरी मेला लागेको  छ । यो मेला हरेक वर्ष भाद्र शुक्ल अष्टमीका (कागेअष्टमी) दिन पर्ने यसमेलाको विशेष धार्मिक एवम् सास्कृतिक विश्वास रहिआएको छ ।

कागेश्वरी मन्दिर किंवदन्ती अनुसार कागले गाईको दुध पहरामा रहेका शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको जनविश्वासका आधारमा वर्षेनी
यो मेला लाग्दै आएको छ । शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको जङ्गलमा अवस्थित कागेश्वरी महादेवको मन्दीर धार्मिक तथा पर्यटकीय स्थलले परिचित रहदै आएको छ ।मेलामा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको आएको छ । मेला भर्नका लागि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागबाट भक्तजनहरु त्यसक्षेत्रमा आउने गरेका छन ।

जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहाँबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत विर्सजन गर्ने प्रचलन रहि आएको छ ।

प्रदेश सांसद रामेश्वर फुयालले कागेश्वरी महादेवको मन्दीर एैतिहासिक धार्मिक स्थल भएको भन्दै यसको प्रबद्धनमा पार्क निमार्णका लागी डिपिआर भएको जानकारी दिएका छन । जसमा विभिन्न स्तम्भ बन्ने भक्तजनलाई नुहाउने स्थान बनाउने योजना रहेको बताएका छन । यस आर्थिक बर्ष ०७४/ ०७५ रु १० लाखको बजेट सांसद विकास कोष बाट विनियोजित गरिएको थियो तर रकम अदालतको कारण निकास हुन सकेको छैन। गत आर्थिक ०७३ /०७४ बर्षमा सांसद विकास कोषबाट ५ लाँख बजेट निकासा भएको र उक्त रकमले २ वटा काग स्तम्भ निमार्ण समेत भएको बताए ।संसद फुयालका अनुसार २०० किलोको अष्ट धातुको निमार्ण भएको तर बजेट निकासा नहुदा अफ्ठ्यारो परेको बताएका छन । संसद फुयालले यस क्षेत्रको महत्वपुर्ण धार्मीक एव्म पर्यटकिय स्थल रहेको हुदा प्रदेश सरकारबाट यसको संरक्षण र सम्बद्धनमा आफु सधै लागिपरिरहेको बताए ।

कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्ण हरी थापाले यस कागेश्वरी महादेवको मन्दीरको अत्यान्तै महत्व रहेको साथै पर्यटन प्रवद्धनमा समेत ठुलो टेवा पु¥याउने हुदा यसको संरक्षणमा नगरपालीका पुर्ण रुपले लागेको बताएका छन । हाम्रो नगरको पहिचान सँग जोडिएको हुदा यसको महत्व लाई नगरले राम्रो सँग चिहाईरहेको समेत बताएका छन । उनले यस क्षेत्रमा भित्रने ३ वटा मुख्य बाटो हरु मध्ये सुन्दरीजल अड्डापाटी सातगट्टे बाट भित्रने बाटोमा डुङगा बिछाउने ,खुड्किला बनाउने साथै पार्क निमार्ण गर्ने कार्य समेत जुटेको बताएका छन ।

उनले भोलीका दिनमा केवलकार निमार्णको लक्ष सम्म नगर पुगेको बताएका छन ।२०७५ साल आश्विन १ (कागेअष्टमी)गते नगरपालिका भित्र पर्ने का सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यलयहरुमा सार्वजनिक बिदा दिएको समेत  बताएका छन ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मुकुन्दगजुरेलले मेला लाई व्यवस्थित बनाउन मन्दिर सरसफाई गर्ने कार्य सम्पन्न भएको थियो र उक्त कार्य श्याम बहादुर लामाको संयोजकमा मेला व्यवस्थापन समिति बनेको थियो । उनका अनुसार मेलालाई व्यवस्थित गराउन स्वयमसेवक खटाउने एवं स्वास्थ्य शिविर,खानेपानी व्यस्थापनको काम भईरहेको छ र स्वयमसेवकहरुको आफ्नो भूमीका निर्वाह गर्न लागि परेका छन्। अध्यक्ष गजुरेलका अनुसार मन्दिर व्यवस्थापन एव्म पार्क निमार्णका लागी ६ करोड रुपमा छुट्टिएको र छिट्टै टेण्डर पक्रियाबाट अगाडी बढि कार्यसम्पादनमा लाग्ने जानकारी दिएका छन ।

कागेश्वरी मन्दीर प्राकृतिक सौन्दर्यता पनि मनमोहक रहेको छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौं उपत्यकाको मनमोहक दृष्यावलोकन समेत गर्न सकिन्छ ।

हेर्नुहोस तस्वीरमा कागेश्वरीको मेलाः

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु