क्यारिल्लोलाई मातृभूमि र कम्युनिष्ट पार्टी नै प्यारो छ -जय कार्की

कम्युनिष्ट इतिहास - "म एउटा १७ वर्षे सवभन्दा कान्छो राजनैतिक वन्दी"

“त्यहां सवभन्दा ठूलो कम्युनिष्ट पार्टी छ, म जे जति सक्छु त्यसैमा समर्पित भएर काम गर्छु भनि मनभित्रका शब्दचित्रलाई हामीसित पोख्छन् ।”

तिनीहरुले गिरफ्तार गरेर ल्याउंदा कार्लोस क्यारिल्लो १७ वर्षका थिए । यो सन १९७४ को कुरा हो । उनी मिर नामक चिलीको क्रान्तिकारी बाम आन्दोलनमा क्रियाशील थिए । साल्भाडोर एलेण्डेको निर्वाचित सरकारलाई अमेरिकाको आड र समर्थनमा अपदस्त गरिएको थियो । शसस्त्र फौजले देशभरीको विश्वविद्यालय र कलेजहरुमा छापा मारेको थियो । हजारौं वाम राजनीतिज्ञहरुलाई बन्दी वनाइएको थियो र कैयौंको हत्या गरिएको थिया,े सयौंलाई सान्टियागो फुटवल रंगशालामा कोचिएको थियो ।

सत्ता पलट र सैनिकद्धारा प्रतिपक्षको हत्याले अन्तर्राष्ट्रिय जगतमा चित्कार फैलिएको थियो । यसले बेलायत लगायत केही देशहरुको ब्यापारलाई धक्का लागेको थियो ।

समाजवादी राष्ट्रपति साल्भाडोर एलेण्डे 1

बेलायतको लेबर सरकारले सयौं राजनैतिक बन्दीहरुलाई रिहा गराउन र चिलीवाट प्रवासमा लैजान सहमत गराएको थियो । सन १९७८ को कुरा हो चार वर्षको जेल संजाय काटेका त्यसमध्येका एक जना कार्लोस थिए ।
उनि लगायत झण्डै अरु १०० जना चिलियन कार्यकताहरुलाई बेलायतको लिड्समा ल्याइएको थियो ।
सन १९७३ को सत्तापलट पश्चात पनि लिड्समा यद्यपि ४० परिवार प्रबासी चिलीयनहरुको घर छ ।
५५ वर्ष भैसकेका कार्लोस घर जांदैछन् । उनी उनको साथमा बन्दी अवस्थाको सस्मरणहरुका साथ फर्किदैछन्, अन्तर्राष्ट्रिय ऐक्यवद्धताका साथ जसले निश्चितैरुपमा उनको ज्यान वचाएका थिए ।
“म दक्षिणको ओसोर्नो प्रान्तमा आधारित थिएं र युनियनको गतिविधिमा सम्मिलित थिएं । राज्य विप्लव भएपछि हामी भूमिगत भयौं । त्यसपछि म गिरफ्तारमा परें । तिनीहरुले सवै विश्वविद्यालयहरुमा छापा मारेर कार्यकताहरुलाई हिरासतमा लिए । मलाई सैनिक बन्दी गृहमा बन्दी वनाइयो । संयोगवश जबरजस्ती सैनिकमा भर्ना गरिएकामध्ये मलाई चिन्ने एक जना साथी रहेछन् । उनैले म जीवितै भएको खबर मेरो बा—आमालाई वताएछन् । ”

उनी अझ प्रष्ट पार्दै भन्छन् “म एउटा १७ वर्षे सवभन्दा कान्छो राजनैतिक वन्दी थिएं । वाह्य दवाव निकै परेको थियो खासगरी बेलायतवाट हामीलाई रेडक्रसले भेट्न पाओस भनि माग भैरहेको थियो ।”
कार्लोसलाई यातना दिइएको थियो । उनीहरुलाई सजिलो के थियो भने हाम्रो हात र गोडालाई एउटा धातुको पलङमा वांधिदिन्थे, अनि पानीमा फाल्थे अनि कान, टाउको, यौनाङ्ग र वुढी औंलाहरुमा विद्युत प्रवाह गराउंथे । यो संजाय पटक पटक दोहो¥याइरहन्थे ।

फोटोस्सैनिक तानाशाह पिनोचेद्धारा अपदस्त पश्चात हत्या गरिएका समाजवादी राष्ट्रपति साल्भाडोर एलेण्डे

“मलाई २५ वर्षको कारावास तोकेको थियो तर तिनीहरु भन्थे २५ वर्षसम्म जेलको सलाखमा वस्छस् कि देश निकाला हुन चहान्छस् यो कुरा उनीहरु आफैले भनेका थिएनन् । यो उनीहरुमाथि वाहिरबाट परेको दबाब थियो ।”


उनी बेलायतमा अवतरण गर्दा २१ वर्षका थिए । “हामी एअर फ्रान्सवाट आएका थियौं । यो निकै उनाउ थियो । हिउं परिरहेको थियो र घाम सम्पूर्णमा रातो थियो । सवै लण्डनमा नै आए । नटिङ्ग हिल गेटमा विशाल हवेली थियो त्यो GLC- Greater London Council ले हाम्रो लागि भाडामा लिएको रहेछ क्यारिल्लो स्मरण गर्दै सुनाउंछन् ।”

उनीले आप्mनो गृह प्रदेशवाट आएका कार्यकर्ताहरुलाई लिड्समा जानको लागि खोजे । जबकी उनीहरु म्यान्चेष्टर, लिभरपुल, बर्घिङघम् गैसकेका थिए । उनलाई भने लिड्स लगिएको थियो ।
लिड्स शहरमा सवैभन्दा क्रियाशील ट्रेड युनियन काउन्सिल चिलीवासीलाई स्वागत र सहयोग गर्न अग्रभागमा रहेको थियो । काउन्सिलको आवासलाई परित्याग गरी जिर्णोद्धार गरिएका घरहरु उपलब्ध गराइएको थियो । शहरको युनियनहरुले चिलीका अप्रवासीहरुको लागि रोजगारी खोजेका थिए ।

ट्रेड युनियनकर्मी शु बक्कल र उनका सहयोगी बेरी कुपर संलग्न हुनु भयो । बेरी लिड्सको चिली सोलिडारिटी अभियानको सचिव थिए । जिओफ ड्राइभर हालै रिटायर भएका छन् । उनी लिड्सको लेबर काउन्सलरको कोषाध्यक्ष थिए ।
शु स्मरण गर्दछन् “चिलीयनहरुको पहिलो डफ्फा लिड्सको ट्रेड च्यापल टाउनमा वसवाट आएका थिए । तिनीहरु हरेकसित एउटा सुटकेस या त ब्याग थियो । निकै दुषित थियो वर्षादले भिजेको रात थियो । हामीलाई स्टेवार्ड रोय र क्याथी रिभ्सको घरमा स्वागत गरियो । केही चिलीयनहरुसित गितार थियो उनीहहरुले गीत गाउन शुरु गरे । पछि तिनीहरुलाई विभिन्न स्थानमा वसाइयो ।”
कार्लोसले प्रारम्भमा अंग्रेजी सिके ।

“म कलेज गएं त्यसपछि शिप केन्द्रमा व्यवसायवारे सिक्न थालें । विश्व विद्यालय भने गइन । म काममा लागें किनकी हामीलाई ट्रेड युनियनमा मान्छे चाहिएको छ भनिएको थियो” क्यारिल्लो त्यो वेलाको घटनालाई संझने क्रममा भन्छन् । उनीले योर्कशायरमा काम पाएका थिएं, यो एउटा उच्च तहको युनियनको संगठन भएको इन्जिनियरिङ्ग कारखाना थिए ।

उनी  -अमालगमेटेड युनियन अफ इन्जिनियरिङ्ग वक्र्स) कार्यरत थिए । कार्लोसले विवाह ग¥यो तर सात वर्षपछि नै विच्छेद भयो । पछि उनले बेलायतमा स्पेनिस भाषा सिकाउन आएकी कोलम्बियाकी क्लारालाई भेटेका थिए । उनीहरुको छोरी क्यामिल्ला ऐले २२ वर्षकी भइन उनी ब्रिघ्टन विश्वविद्यालयमा अध्ययनरत छिन् ।
कार्लोस एक जना सामाजिक कार्यकर्ता बने ।

“पिनोचेको सैनिक सत्ता सन १९९० मा ढल्यो । त्यसको ९ वर्षपछि पिनोचे बेलायत भ्रमणमा आयो, त्यसलाई युद्ध अपराधीको आरोपमा गिरफ्तार गर्ने प्रयाश पनि भयो । त्यसलाई पूर्व प्रधानमंत्री मार्गरेट थ्याचरले आलिंगन गर्दै समर्थन गरेकी थिइन । यिनले चिलेमा प्रजातन्त्र ल्याएकोमा धन्यवाद दिएकी थिइन” भनि उनी तितो अनुभव सुनाउंछन् ।


पिनोचे सन २००६ मा मरिसकेको छ ।
सैनिक सत्ताको अन्त्यको अर्थ थियो देश निकालिएका प्रबासीहरु आफ्नो चिली फर्कनु । त्यहां अव राम्रो वातावरण भएकाले यसरी थुपै्र फिर्ता भैसकेका थिए । अरु वालवच्चाहरु जन्मिएका र बेलायतमै हुर्केकाहरु वांकी छन् ।
कार्लोस नियमितरुपमा चिली जान्छन् तर लिड्स उनको घर हुन गयो । उनको छोरी जसै त्यंही हुर्किन । अव उनी फिर्ता हुने निर्णय गरेका छन् । उनले फेरी राजनीतिमा कृयाशील हुने इच्छा गरेका छन् ।
“त्याहां सवभन्दा ठूलो कम्युनिष्ट पार्टी छ उनी भन्छन् म जे जति सक्छु त्यसैमा समर्पित भएर काम गर्छु भनि मनभित्रका शब्दचित्रलाई हामीसित पोख्छन् ।”

क्लारा उनको परिवार वसेको देश स्पेन जांदैछिन् । क्यामिलाले विश्व विद्यालयको अध्ययन पूरा गर्दैछिन् । उनी एक वर्षपछि आफ्ना पितासित चिली जाने योजनामा छिन ।
“चिलीको त्यसता प्रशस्तै भागहरु छन् मेरो पिताले भ्रमण गर्नु भएको छैन । हामी संगसंगै जान चहान्छौं । मेरा थुप्रै दाजभाइ, दिदी बहिनीहरु, मामा, माइजहरु काकाकाकीहरु छन् । उनीहरुसित मैले कहिल्यै भेट्न पाएकी छैन” उनी भन्छिन् ।
कार्लोसले अन्तर्राष्ट्रिय ऐक्यवद्धताको अनुभव सांचेका छन् उनलाई ट्रेड युनियनका कार्यकर्ताहरुले गरेको सम्मान र सत्कार उनीसित संधैका लागि रहने छ ।
“अन्तर्राष्ट्रिय ऐक्यवद्धता त्यतिखेर भन्दा यतिखेर झनै महत्वपूर्ण हुन गएको छ, किनभने हामीसित भूमण्डलीकरण र अन्तराष्ट्रिय जगत पनि छ” उनि भन्छन् ।

“यदि तिनीहरु भूमण्डलीकरण हुन सक्छन् भने हामी किन नहुने । संसारभरिका जनताहरु बहुराष्ट्रियताको विरुद्धमा आन्दोलनरत छन् बहुराष्ट्रियले आदिवासी जनताको सम्मान गर्दैन । संसारमा ग्लोबल कर्पोरेसनहरु छन् जसले युनियन गठन गर्ने अनुमति दिदैन । वालमार्टलाई नै हेर्नुस । त्यसले आस्दालाई निल्यो । अन्तर्राष्ट्रियतावाद संधा भन्दा ऐले ज्यादै महत्वपूर्ण भएको छ”

बेलायतको शरणमा बसेको समयमा कार्लोसले आप्mनो अनुभवहरु नयां पुस्तालाई सुनाउन विश्वविद्यालयहरु र कलेजहरुमा जान्थे । यी विषयहरु उनी विद्यार्थी कार्यकर्ता हुंदा भोगेको गिरफ्तारी, जेल संजाय र यातनाका वारेमा हुन्थे ।
“संसारमा अचेल नयां आन्दोलनहरु भएका छन् । जस्तैकी कब्जा आन्दोलन संयुक्त राज्य अमेरिकामा, इण्डिग्नादोस आन्दोलन स्पेनमा, उनी भन्छन् । चिलीमा धेरै आन्दोलनहरु भैरहेका छन् खासगरी नौजवानहरुले गरिरहेका छन् । म चिलीमा आइपुग्दा मेरो भतिजा र भतिजी हड्तालमा भाग लिइरहेका थिए । कति आश्चर्य कति आनन्दको दिन मैले महशुस गरें र भने हे भगवान !”

सन्दर्भ सामाग्री

वडा समाचारहरु

सम्बन्धित समाचारहरु