Breaking News

तारकेश्वर शिब मन्दिर जिर्णेद्वारको लागी ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५’को आयोजना

काठमाडौं– श्री तारकेश्वर शिब मन्दिरको जिर्णेद्वार एवंम भौतिक पूर्वाधार निर्माणको लागि कलश यात्राबाट सुरु गरिएको ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५’ आयोजना गरिएको छ । यो महायज्ञ भदौको २५ गते देखि असोज १ गतेसम्म हुनेछ ।

यस महायज्ञलाई अष्टमान टोल सुधार समाजले आयोजना गरेको हो । यस महायज्ञबाट उठेको सहयोगलाई श्री तारकेश्वर शिब मन्दिरको जिर्णेद्वार एवंम भौतिक पूर्वाधार निर्माणमा प्रयोग गरिने आयोजक मुल समारोह समितिका प्रमुख राज कुमार महर्जन (डंगोल)ले बताएका छन् ।

यस सप्ताहज्ञान महायज्ञमा पण्डित कपिल देव भट्ट (राधेश्याम)को मुखारवृन्दबाट यही २६ गतेबाट असोज १ गतेसम्म झाँकीसहितको संगीतमय प्रवचन सुन्न सकिनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु