Breaking News

३ नं. वडा कार्यलयद्वारा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

नागार्जुन नगरपालिकाको ३ नम्बर वडा कार्यालयले शनिबार एक दिने जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नागार्जुन नगरपालिकाको ३ नम्बर वडा कार्यालय तथा ‘इजी केयर’ नामक संस्थाको प्रायोजन रहेको उक्त कार्यक्रममा सो वडाका सँगै अन्य वडाका सर्वसाधारणलाई प्राथमिक उपचार, आगो निउन्त्रण तथा पारिवारिक स्वास्थ्य सम्बन्धि विभिन्न जाकारीहरु दिएको थियो ।

३ नम्बर वडाका वडाध्यक्ष प्रेमलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नागार्जुन नगरापालिकाकी उपमेयर शुशिला अधिकारीले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने ३ नम्बर वडा कार्यालय तथा प्रायोजन गर्ने संस्था इजी केयरलाई धन्यावाद व्यक्त गरिन् । उनले यस्ता कार्यक्रम गर्नुपर्ने राज्यको दायित्व भएता पनि राज्यले सानतिना कार्यक्रममा ध्यान पूर्याउन नसकेकोमा दुखेसो समेत गरिन् । उपमेयर अधिकारीले भनिन्, ‘राज्यले यस्ता कुरामा ध्यान नपुर्याउदा जनतालाई ठुलो क्षेति भैरहेको छ ।’

अब, स्थानीय जनताको हातमा अधिकार पुगिसकेकाले स्थानीय जनताका लागि आबश्यक पर्ने विभिन्न नीति नियम नागार्जुनको टिम बसेर बनाउने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै उपमेर अधिारीले वडा नम्बर ३ ले आयोजना गरेको यस्तो कार्यक्रम १० वटै वडामा आबश्यक रहेको भन्दै १० वटै वडामा यस्तो खालको कार्यक्रम सम्पन्न गर्न सबै वडाध्यक्षहरुसँग आफूले समन्वय गर्ने समेत उदघोष गरिन् ।

त्यस्तै, कार्यक्रमको अध्यक्षता गरिरहेका ३ नम्बर वडाका वडाध्यक्ष प्रेमलाल श्रेष्ठले आजको कार्यक्रमले नागरिकहरुमा भैपरी आउने सामान्य समस्यालाई कसरी हल गर्ने भन्ने जानकारी पाउन सकेकोमा खुसी व्यक्त गरे ।

उनले कार्यक्रममा उपस्थित भएर जनचेतना सम्बन्धि ज्ञान हाँसिल गरेकोमा वडावासीहरुलाई धन्यवाद समेत दिए । उनले कार्यक्रमको प्रायोजक इजी केयर तथा रोज बहिनी सृजनशिल महिला समूहप्रति कृतज्ञता समेत व्यक्त गरे । वडावासीका लागि यस्तै तथा अन्य कार्यक्रम सम्पन्न गर्न आउदा दिन आफू तथा सम्पूर्ण वडा कृयाशिल भैरहने जानकारी समेत गराए ।

यसअघि उक्त कार्यक्रमको प्रायोजक संस्था इजी केयरका व्यवस्थापक माधव भण्डारीले प्राथमिक उपचार, आगो नियन्त्रण तथा पारिवारिक स्वास्थ्यमा आईपर्ने समस्या तथा त्यसका समाधानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उनले सहभागीहरुलाई सवास्थ्यमा आईपर्ने सामान्य समस्या कसैलाई भन्न नसकेर लुकाउदा भविष्यमा देखा पर्ने विकराल रुपको बारेमा जानकारी गराएका थिए । उनले विद्यालयमा पढ्ने किशोरीहरुलाई महिनावारी हुँदा आईपर्ने समस्या तथा धेरै जसो आमा दिदी बहिनीहरुमा यसले पारेको समस्याकाबारेमा चर्चा गर्नुका साथै त्यसका समाधानका बारेमा समेत जानकारी गराएका थिए ।

त्यस्तै, विभिन्न रोग तथा आकस्मिक चोटपटक लाग्दा घरमा गर्नुपर्ने प्राथमिक उपचारका बारेमा समेत उनले सचित्र सहभागीहरुलाई जानकारी गराएका थिए । उनले मुख्यतया आगो तथा दुर्घटनाबाट कसरी बच्ने रु सानो भन्दा सानो गल्तिबाट कसरी जोगिने रु तथा महिलाहरुमा देखिने महिनाबारीको समस्या समाधानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, उक्त कार्यक्रममा इजी केयरका व्यवस्थापक भण्डारीले प्राथमिक उपचारका लागि आबश्यक पर्ने औषधिहरु रखिएको एउटा झोला समेत देखाएका थिए । जुन झोलामा सामान्यतया सबै किसिमका औषधिहरु राखिएको हुन्छ । ति औषधि कसरी कुन समयमा खाने भन्ने समेत उल्लेख गरेर दिएको हुन्छ र जसले पनि उल्लेख गरेको समयमा औषधि प्रयोग गर्न सक्ने उनले जनाए ।

भण्डारीका अनुसार झोलामा राखेको औषधि यदि म्याद सकिएको अवस्थामा आफूहरुले नै फिर्ता लिने र त्यसको साटो अर्को औषधि राख्ने समेत संस्थाले व्यवस्था गरेको छ ।

त्यसवाहेका कुन विरामीको कुन औषधि सकिदैछ भनेर आफूहरु अपडेट रहने र सकिएको खण्डमा घरैमा औषधि पुर्याउने व्यवस्था समेत गरिएको उनको भनाइ छ । त्यसबाहेक अब आफूहरु चाँडै मोवाइल स्कुटर मार्फत विरामीको घरघरमा औषधि पुर्याने तयारीमा लागेको उनले जानकारी गराए ।

१० वटा वडा रहेको नागार्जुन नगरपालिकाका १ देखि ४ सम्मका वडा अध्यक्षहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो । सोही कार्यक्रममा रोज बहिनी सृजनशिल महिला समूहले वडा नम्बर ३ मा रहेका सीता बालविकास आधाभुत विद्यालय, हलचोक मावी तथा इचंगु आधारभुत विद्यालयका बाल विकासका अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई स्यानेटरी प्याड प्रदान गरेको थियो ।

विद्यालयमा महिनावारी समस्या खेपिरहेका किशोरीहरुलाई सहयोग पुगोस भनेर उक्त सामाग्री वितरण गरिएको रोजबहिनीका व्यवस्थापकले जानकारी गराए । त्यस्तै, नगारपालिकाका मेयर, उपमेयर तथा १० वटै वडाध्यक्षहरुलाई ‘फष्ट एड किट’ नामक औषधिको झोला समेत प्रदान गरिएको थियो । test

वडा समाचारहरु

सम्बन्धित समाचारहरु