Breaking News

पाँगामा सापारु (गाईजात्रा)

मृतक आफन्तजनहरुको सम्झनामा मनाईने गाईजात्रा  यस बर्ष पनि पाँगा, कीर्तिपुरमा सदाझैं भब्यताकासाथ सम्पन्न भयो । गाईजात्रा प्रताप मल्लको पालादेखि सुरु भएको मनिन्छ । तर स्थानीय संस्कृतिविदहरु यो जात्रा लिच्छबी काल देखि नै यस क्षेत्रमा प्रचलनमा आएको दावी गर्दछन् ।

विहान करिब दश बजे भुजिन्दबाट शुरु भएको जात्रामा बिभिन्न मुखुन्डो, गरगहना, परम्परागत पहिरन लगाएका ूवसस् घाना वपींू हरुको झाँकी रहेको थियो । त्यस्तै अर्को झाँकी गाईको भेषमा आएका किशोरहरुको थियो । घरमा अफन्तजनहरुको मृत्यु भएको परिवारका सदस्यले यस्तो झाँकीमा सहभगी हुने गर्दछन् । जात्राको अग्रपंक्तीमा बिभिन्न मुखुन्डो लगाएका र अनेक प्रकारका समानहरु बोकेका नृतकहरु रहेका थिए । धास्, भुस्यास्, पोंगा लगायतका बाजाहरुको तालमा ती नृतकहरुले विशेष नाच प्रस्तुत गरेका थिए । जसलाई स्थनीयहरु ूझ्याँ झ्याँ पा पाू वा ूतिर कु लार कुू पनि भन्ने गर्दछन् ।

यसै अवसरमा टोल टोलमा मनिसहरु समुहमा बसेर, जात्राका सहभागीहरुलाई माल्पुवा, भिजाएको केराउ, नास्पाती आदि बांडिरहेका थिए । यसरी गाईजात्रामा दान दिंदा पुन्य मिल्ने विश्वास रहेको छ ।

साँझपख बिभिन्न टोलका लाखेहरुलाई रांगाको टाउको र खुट्टा उपहार पनि दिइएको थियो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु