Breaking News

काठमाडौँ – (तारकेश्वर)  लैंगिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितिको वडा स्तरीय समिति गठन सम्पन्न भएको छ । वडा अध्यक्ष अमृत थापाको प्रमुख आतिथ्यता र महानगरीय प्रहरी वृत्त बालाजु अन्र्तगतको लैंगिक हिंसा नियन्त्रण सञ्जाल समन्वय मुल समितिको अध्यक्ष देविना ९विना० कार्की रानाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सिता अर्यालको नेतत्वमा गठन भएको सो समितिमा २३ सदस्य रहेका छन् । सो समितिको उपाध्यक्षमा लक्ष्मी पुरी, सचिवमा नुरा दवाडी, सहसचिवमा सरला न्यौपाने, कोषाअध्यक्षमा गंगा भट्टराई, सहकोषध्यक्षमा निरुराज भण्डारी रहेका छन् । यस्तै गरी अन्य सदस्यहरुमा रिमा आचार्य, तीर्थकुमारी दवाडी, कमला पुन, संगीता थापा, तुल्सी मर्हजन, रत्नमाया परियार, रेखा अधिकारी, कल्याणी श्रेष्ठ, लक्ष्मी वस्ती, कल्पना रिमाल, अनिता श्रेष्ठ, शोभा राना, चन्द्रवती अधिकारी, मिरा राई रहेका छन् । तारकेश्वर–१० मा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समन्वय वडा स्तरीय समितीलाई आवश्यक सहयोगको लागि ८ सदस्यीय सल्लाहकार समति समेत गठन भएको छ । सो सल्लाहकार समितिमा मिना थापा, धना अर्याल, पवनिता श्रोतिया, विन्दा ढुङगाना, तारा लामा, सिता पाठक अञ्जु श्रेष्ठ र तारा शर्मा रहेका छन् ।

तारकेश्वर–मा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समन्वय वडा स्तरीय समिति गठनका लागि मुल समीतिका सदस्य नन्द बहादुर ऐडी, राधाकृष्ण खड्गी, विपमला काकीृ थपलिया, भद्रशिला रसाईली, कोपिला देवकोटा सहभागी भएका थिए । सो कार्याक्रममा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समिति तारकेश्वर–३ र तारकेश्वर–८ का अध्यक्ष क्रमश सिता गौतम चालिसे र कमला खत्री समेत सहभागी भएका हुन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु