Breaking News

अंचल न्यायाधीश जनकको इजलासमा बि.पिको बयान

जनकपुर अंचल, सर्लाही मलंगवा हाई स्कुल दक्षिण, धानको खेतमा प्रहरी एवं गंगा बहादुरको नेतृत्व रहेको व्यक्तिहरुका बीच गोली हानाहान भई मानिस समेत मरेको घटनाका सम्बन्धमा बिशेष अदालत, मुकाम सिंहदरबारका अंचल न्यायाधीश जनकमान श्रेष्ठका इजलासमा – बि पी कोइलाराले गरेको बयान

तपाइको नाम, पिताको नाम, जात, उमेर , पेशा के हो रु तपाई यो इजालसमा किन आउनु भयो भनी इजलासले गरेको प्रस्नको हकमा –

जवाफ नं १
मेरो नाम विश्वेश्वर प्रसाद कोइराला , पिताको नाम स्व कृष्ण प्रसाद कोइराला , जात – कोइराला ९ ब्राह्मण, उमेर ६३ को भए राजनीतिक तथा सामाजिक काम गर्छु, घर – मोरङ जिल्ला, बिराटनगरमा छ

जवाफ नं २
वादी श्री ५ को सरकार, बिरुद्ध म समेत भएको राजकाज सम्बन्धि अव्यवस्थ उत्पन्न गरेको भन्ने मुद्दामा – केहि महिना देखि राखिएको बन्दीगृहबाट २०३४ – १( १४ मा मलाई यस अदालतमा उपस्थित गराउदा, सो दिन कानुन व्यवसायीको सल्लाहको निमित्त समय मागी।  सोही बन्दीगृहबाटै आज पुनः यस इजालसमा उपस्थित गराइएकोले बयान गर्न उपस्थित भएको हुँ

२०३० – ९ – १८ – ४ को प्रहरी प्रतिवेदनमा २०३० – ८ (३० को रातमा सर्लाही मलंगवा हाई स्कुलदेखि दक्षिण अन्दाजी ३०० गज पूर्व धानको खेतमा गंगा बहादुरको नेतृत्व विरेन्द्र र अशोककुमार समेत व्यांक र भन्सार लुट्ने उद्देश्यले गएका बखत, प्रहरी र ती व्याक्तिका बीच गोली हानाहान भई मानिस समित मरेको घटनाका सम्बन्धमा म उपर दाबी भएको प्रतिवेदन देखाई, पढी – बाँची सुनाई, सोधनी भएको हकमा –

जवाफ नं ३
साधारणतया मैले जन क्रान्तिको आह्वान गरेको हुँ।  त्यसो हुनाले यद्यपि यस घटना सम्बन्ध मलाई केहि ज्ञान नभए तापनि नैतिक रुपबाट म यस घटना प्रति जवाफ देही छु।  किनभने मेरो क्रान्तिको प्रेरणा र आह्वानबाट त्यो सम्पादित भएको हुनसक्छ | यो घटना मैले घटाएको होइन र त्यसो भएकोले सो प्रहरी प्रतिवेदनमा उल्लेख भएको आरोप म माथि लाग्नुपर्ने होइन ्र
तपाईले जन क्रान्ति आह्वान गरेको भन्नु भएकोमा के कस्तो किसिमको जन क्रान्ति कहिले आह्वान गर्नु भएको हो अर्थात् जन क्रान्ति हिंसात्मक कि के हो रु भनी सोधनी भएको हकमा

जवाफ नं ४
मैले कानुन व्यवसायी पाउनुका साथै बयान गर्न स्वच्छन्द वातावरण पाएको छु | २०३४ – १ – १७ का दिन हिंसात्मक वा अहिंसात्मक कस्तो जन क्रान्ति आह्वान गरिएको हो रु भनी सोधनी भएको हकमा

म जो नेपालको अहिलेसम्मको इतिहासमा स्वयं श्री ५ महाराजाधिराजबाट शाही घोषणाद्वारा बक्सेको संबिधान, मौसुफको मर्यादित वचनको आधारमा जनताबाट निर्वाचित भएको एक मात्र प्रधानमन्त्री थिए | आज यस अदालतमा अभियुक्तिको रुपमा उपस्थित गरिएको हुँ | मेरो स्थितिमा यत्रो प्रचण्ड परिवर्तन के कारणले भयो, के त्यो परिवर्तन मद्वारा नै सम्पादित भएको हो, अथवा राजकीय व्यावस्थामा नै त्यस्तो परिवर्तन आएकोले यसो हुन गएको हो | यो मौलिक तथ्यलाई बुझेपछि मात्र मेरा उपर लगाइएका आरोपको समुचित पृष्ठभूमिमा जाचँ हुन सक्दछ | म एउटा ऐतिहासिक सन्दर्भको सानो चर्चा गर्दै यस अदालतको ध्यान २००७ सालको क्रान्ति पट्टि ल्याउन चाहन्छु, जुन क्रान्तिद्वारा एकैचोटी राजालाई राजगद्दी तथा जनतालाई मौलिक अधिकार र श्री ५ महाराजाधिराजको शाही घोषणाद्वारा प्रजातान्त्रिक राजकीय व्यवस्थाको वाचा कबुलियत प्राप्त भएको थियो |

नेपाल राष्ट्रका लागि यो सानो उपलब्धि थिएन | राजा र प्रजाको सम्मिलित उद्योग र प्रयासको परिणाम स्वरूप नेपालमा नयाँ युगको उदय भएको हो | मलाई लाग्दैन की यत्रो सहयोगात्मक साझा उद्योग र प्रयासले नेपालको इतिहासमा पहिले कहिल्यै पनि भएको थियो | साचै भने हो भने, यस साझा उद्योगले नेपाललाई केवल एउटा भौगोलिक अवधारणाको राज्यबाट उचालेर एउटा राष्ट्रमा अवातीर्ण गरायो | यसरी राष्ट्र निर्णमाको प्रथम चरणमा देश सबैको साझा हो भन्ने पबित्र भावनाको प्रतिभा किरण नेपाली जातीको मानसमा उदय भयो | त्यसै दिन देखी देश सबैको साझा हो भन्ने सिद्धान्त ज राष्ट्रियाताको सबै भन्दा पहिलो र बलियो आधार हो , त्यसलाई मर्यादित र स्थापित गर्यो | यदि देश सबैको साझा हो भन्ने सिद्धान्त शाब्दिक प्रबन्ध र ओठे भक्ति मात्र होइन भने त्यस्तो साझा सम्पतिको स्वामित्व , खटान, नियन्त्रण र व्यवस्थाको अधिकार र दायित्व पनि साझा नै हुनुपर्छ | राजा र प्रजाको सहयोगले भएको २००७ सालको क्रान्ति र यस पछिको ७ गते फागुनको एतिहासिक शाही घोषणाले राष्ट्रियता र प्रजातन्त्रको यहि सर्वमान्य सिद्धान्त, देश कसैको व्यक्तिगत सम्पति होइन, राजा देखि लगायत सारा जनताको साझा सम्पति हो भन्ने भावना प्रतिष्ठापित गर्यो – कुनै मन्दिरमा प्राण प्रतिष्ठा गरेर देवमुर्ति स्थापित गरेको जस्तै | यहाँ देशलाई नै मन्दिरको रुपमा सम्झे हुन्छ र त्यसमा स्थापित देवमुर्ती यहि साझाको सिद्धान्त , हो | यत्रो ठुलो यज्ञ, यत्रो ठुलो पुनीत स्थापनालाई कुनै अवस्थामा पनि दूषित हुन दिनु हुन्न | राष्ट्रियता र प्रजातन्त्रको महिमाले मण्डित यस पुनीत भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ , सेध्का प्रति ममता भएर म हिमिएको हुँ | देशलाई राष्ट्र बनाउने यज्ञमा मैले आफुलाई अर्पित गरेको छु | मेरो राजनीतिक जीवनको केन्द्रीय प्रेरणा यही भावना हो | मेरा तमाम कारवाही, सफल असफल व्यवहारिक दृष्टिले बुद्धि पुगेको या नपुगेको, सबै कार्यहरुलाई यही भावनाको बलियोधागोले बाधेर एउटा स्प्रष्ट रुप लिएको छ | मेरो जीवन खुला पुस्तक हो |

त्यसपछि नेपालको इतिहासमा एउटा अर्को अत्यन्त महत्वपूर्ण घटना घट्छ, शाही घोषणाद्वारा राजा प्रदत्त संबिधानको आधारमा बालिग मताधिकारद्वारा २०१५ सालको आम चुनाब | त्यस चुनाबको परिणामस्वरूप म प्रधानमन्त्री भए | मेरो प्रधानमन्त्रीत्वको अधिकार तीनवटा थिए एक संबिधान (राजाप्रदत्ता ), दोश्रो आम चुनाब, यसबाट जनताको स्पष्ट इच्छा परिलक्षित भएको थियो र तेस्रो स्वयम् राजाद्वारा जसले संविधानको मर्यादामा रहेर प्रजातान्त्रिक भावनाको कदर गर्दै मलाई प्रधानमन्त्रीका लागि आह्वान्र यसरि म जनता, संबिधान र राजाको आधारमा प्रधानमन्त्री भएको थिए | नेपालको इतिहासमा आजसम्म केवल म त्यस्तो एकमात्र प्रधानमन्त्री भएको हुँ |

२०१७ सालमा राष्ट्र, प्रजातन्त्र र स्झाको सिद्धान्तमाथि एउटा अनुचित प्रहार भयो | म यहाँ गुण – दोषको लेखाजोखा गर्न चाहन्न | किनभने मेरो दृष्टि भविष्यको पुननिर्माणको लक्ष्यपट्टि लागेको छ | गुण दोषको लेखा जोखा गर्ने काम इतिहासकार या पुननिर्माणको व्यवहारिक सक्रिय भूमिका पुरा गर्न नसक्ने व्यक्तिहरुले गर्दछन् र गर्ने छन् | तर म यति भन्न चाहन्छु, कुनै व्यक्तिगत प्रस्न उठाएर होइन कि त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रित्वको निर्मम समाप्तिको कुनै पनि औचित्य थिएन, न प्रजातन्त्रको दृष्टिले , न संविधानको दृष्टिले , न राष्ट्रियताको दृष्टिले | मैले न राजाको सम्मान र अधिकारको , न संविधानको अक्षर र भावनाको , न राजनीतिक र प्रजातान्त्रिक मर्यादा र व्यवहारको मनसा , वाचा , कर्मणाले पनि कहिल्यै अवज्ञा गरें |

तर म आठ वर्षसम्म विना अभियोग बन्दि बनाएर राखिए | मसँगै हजारौ राजनीतिक व्यतिहारू , मेरा सहयोगी या मेरो सज्नितिक विरोधीहरु पनि त्यस दिन समातिए | किन र यो बडो महत्वपुर्ण प्रस्न छ , जसको उत्तर खोज्नुपर्छ | विना अभियोगको त्यस दिन म अभियुक्ति बनाइएर त्यस दिनदेखि नै भनौ , म न्यायालयको अगाडी उभिएको छु | मेरो कुनै कारवाहीले मेरो स्थितिमा परिवर्तन आएको होइन , न मेरो भावनामा कुनै परिवर्तन भएर यसो हुन लागेको हो | म त २००७ आलम थिएँ ,२०१७ सालमा पनि त्यस्तै थिएँ – त्यस्तै प्रजातन्त्रवादी , राष्ट्रवादी र साझावासी | परिवर्तन बाहिर पो आयो | यस बाह्य परिवर्तनको सम्बन्धमा पनि म यौटा कुरा निबेदन गर्न चाहन्छु | २०१५ सालको राजा प्रदत्त संबिधान २००७ सालको शाही घोषणाको कबुलियतको पूर्तिमा लागु गरिएको थियो | २००७ सालको शाही घोषणामा निहित भावनाको पूर्णता र आत्मा – “ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचित गरेको संबिधान सभाले तर्जुमा गरेको प्रजातान्त्रिक बिधान अनुसार होस् भन्ने इच्छा र निर्णय भएकोले ।।।” भन्ने संबिधान तर्जुमा गर्ने प्रणालीको निर्देशनबाट अलगिएर श्री ५ महाराजधिराजले त्यसलाई शिरोधार्य गर्यो | त्यस दिन फेरी राजा र प्रजाको साझाको प्रयास प्रारम्भ भएको थियो |

यस न्यायालयको अगाडी म एउटा प्रस्न उठाउन चाहन्छु | यो प्रस्न न्याय सिद्धान्त सम्बन्धि प्रस्न हो | के राजाले दिइबक्सेको कुरा एकोहोरो स्वेच्छाले मौसूफबाट फर्काउन सकिबक्सीन्छ रु धार्मिक दृष्टि हेर्यौ भने पनि दानमा दिएसकेको वस्तुलाई दाताले एकोहोरो स्वेच्छाले पुनः हस्तगत गर्न सक्दैन | कानुनी दृष्टिले हेर्दा पनि दिएसकेको दान फर्काएर लिन पाइदैन | संबैधानिक दृष्टिबाट त झन् यो सम्भब छैन , नत्र भने बेलायतकी महारानी एलिजावेथ द्वितीयाले म्यागनाकार्टलाई वापस लिनसक्ने भइन | व्यावहारिक दृष्टिबाट पनि दिएको कुरा खोस्ने अधिकारको सिद्धान्तलाई कुनै स्तरमा पनि स्वकार गरेको खण्डमा घोर अनिश्चितता र अव्यवस्थासर्वथा ले गर्दा व्यवहार असम्भव भएर जान्छ |

सम्पादन – परशुराम पोख्रेल

अधक्ष्य- बि पि संग्रालय सुन्दरीजल

parashuram pokhrel

वडा समाचारहरु

सम्बन्धित समाचारहरु