Breaking News

नेकपा मजदुर विशेष जिल्ला कमिटिको अध्यक्षमा रेग्मी सर्वसम्मत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको गैर–भौगोलिक जिल्ला समिती मजदुर विशेष जिल्ला कमिटिको अध्यक्षमा पूर्व माओबादीको तर्फबाट गणेश रेग्मी सर्बसम्मत सिफारिस भएका छन् । यसैगरी सचिबमा पूर्व एमालेको तर्फबाट बिदुर कार्की सिफारिस भएको छन् ।

७५ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत रुपमा प्रदेश कार्यालयमा सिफारिस भएको हो । कमिटीमा पूर्व माओबादीको तर्फबाट ३८ जना र पूर्व एमालेको तर्फबाट ३७ जनाको सिफारिस भएको छ । अध्यक्षमा सिफारिस भएका रेग्मी पूर्व माओबादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् भने बिदुर कार्की र पूर्व एमालेको मजदुर संगठन जिफन्टका उपाध्यक्ष रहेका थिए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु