Breaking News

फुटबलको महामेला

विश्वमा सर्वाधिक मनपराइने खेल हो, फुटबल । त्यही फुटबलको महामेला अर्थात ‘विश्वकप फुटबल २०१८’ अबको केही घण्टापछि रुसमा सुरु हुँदैछ । यो विश्वकपको २१औँ संस्करण हो ।
हरेक चारमा वर्षमा आयोजना हुने यो प्रतियोगिताले एक महिनालगाएर ३२ राष्ट्रबीच ६४ खेलबाट विश्व विजेता चयन गर्नेछ । आगामी चार वर्षका लागि विश्वविजेता बन्ने अठोटसहित ७३६ खेलाडी मस्को पुगिसकेका छन् ।
आयोजक रूसले विश्वकपका लागि सबै तयारी पूरा भएको जनाएको छ । राजधानी मस्कोमा आज साझ औपचारिक उद्घाटन समारोहलगत्तै आयोजक रुस र साउदी अरेबियाबीच यो विश्वकपको पहिलो खेल हुनेछ ।

आयोजक रूस उद्घाटन समारोहलार्इ अविस्मरणीय बनाउने तयारीमा छ भने नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुने पहिलो खेल पहिलो खेल जितेर प्रतियोगितामा विजयी सुरूआत गर्न चाहन्छ ।
विश्वकपका लागि छनोट भएका ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चारवटा टिम छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने छन् ।

उद्घाटन खेल ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा हुनेछ भने फाइनल खेल पनि सोही रंगशालामा आयोजना हुनेछ ।
एक महिनासम्म चल्ने प्रतियोगिता हेर्न विश्वभरबाट १५ लाखभन्दा बढी फुटबल प्रेमी रुस पुग्ने अनुमान छ । विश्वभर ३ अर्बभन्दा धेरै मानिसले टेलिभिजनमार्फत विश्वकप हेर्ने अनुमान गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु