Breaking News

करिब २० लाख मूल्य बराबरको ३९ वटा आइफोन बरामद

त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको करिब २० लाख मूल्य बराबरको ३९ वटा आइफोन बरामद भएको छ ।

बुधबार महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले चावेल गौरीघाट र न्यूरोडबाट ३९ वटा आइफोनसहित २ जनालाई पक्राउ गरेको हो ।
आइफोन सिक्स प्लस मोडलका ८ वटा र आइफोन सिक्स मोडलका ३१ वटा आइफोन बरामद भएको हो । पक्राउ परेका २ जनाको परिचय खुलाइएको छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु