Breaking News

छक्का पञ्जा ३ मा अभिनेत्री स्वस्तिमाको इन्ट्री

काठमाडौँ – यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ । मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ठट्टा गर्दै स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएको हुँदा स्वस्तिमालाई अटाउन सकेको बताएका थिए ।

यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले शनिवारबाट सुटिङ ज्वाइन गरिसकेकी छिन् । फिल्मको केही दृश्यसँगै एक गीतमा उनलाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

उनको दृश्य खिचिसकेपनि गीतको छायांकन भने बाँकी छ । स्वस्तिमाको इन्ट्री भएसँगै दर्शकमा फिल्मप्रति थप कौतुहलता बढेको छ । (छक्का पञ्जा २ ) मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् । फिल्मको असार पहिलो साताबाट सुटिङ सकिने बताइएको छ ।

यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । (छक्का पञ्जा ३) मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन्

वडा समाचारहरु

सम्बन्धित समाचारहरु