Breaking News

त्तरपश्चिम चीनमा सडक दुर्घटनामा ७ जनाको मृत्यु

जेठ ३, चाङचुन | उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । 

 

एक ट्रकले मिनिबसलाई ठक्कर दिँदा भएको यस घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका छन् ।  मिनीबसमा भएका चालकसहित सात व्यक्तिको मृत्यु भएको छ भने अन्य छ घाइते भएका छन् ।  राजमार्गमा मिनीबस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।  दुर्घटनापछि ट्रकचालक फरार रहेका र दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

वडा समाचारहरु

सम्बन्धित समाचारहरु