Breaking News

‘प्रविधिसँग हातेमालो गरी अगाडि बढ्नु अहिलेको आवश्यकता हो’ – राज्यमन्त्री बाँस्कोटा

जेठ ३, काठमाडौं । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रविधिसँग हातेमालो गरी अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले ‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’–भने ।  सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना–प्रविधि ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी जानकारी दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले नवीन प्रविधिको सदुपयोगले सामाजिक र आर्थिक परिवर्तन ल्याउने उल्लेख गरे ।

कार्यक्रममा प्राविधिकज्ञहरुले कृत्रिम बौद्धिकताका साथै त्यसको क्षमता र जोखिमकाबारेमा आफ्ना धारणा राखेका थिए । विश्व दूरसन्चार दिवस सन् १९६९ देखि वार्षिकरुपमा मे १७ मा मनाउने गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु