नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सामूहिक सपथ लिए

बिहिवार, ३ जेठ 5:18 PM

काठमाडौं । नब गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन् । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका हुन् ।

 

केन्द्रीय सदस्यहरुको सामूहिक सपथअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय समेत गरेको छ । नयाँ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यी र स्थायी समिति ४५ सदस्यी बनेको छ । यसअघि ४३ सदस्यीय बनाउने सहमति भएको थियो । अब दुवै पार्टीबाट एक एक जना थप भएका हुन् ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us