फोहोरमैला व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि भित्र्याउनेः प्रमुख चालिसे

बुधवार, २ जेठ 2:52 PM

जेठ २, जोरपाटी । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोस चालिसेले असार मसान्तसम्म फोहोरमैला व्यवस्थापनका लागि अध्याधुनिक प्रविधि भित्र्याउने बताएका छन् । माकलबारी टोल सुधार समितिले आयोजना गरेको फोहोरमैला व्यवस्थापन सरसफाई जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम सो कुरा बताएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख सन्तोष चालिसेले सामाजिक रुपान्तरणका निम्त्ति स्थानीयवासीहरुले विशेष योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गर्दै वातावरणमैत्री प्रविधिबाट फोहोरमैलाको समस्या समाधान गर्ने जानकारी दिए । स्थानीय निकायले जनताको सहभागिताविना कुनै काम नगर्ने र स्थानीय जनताको विशेष सहयोग र सुझावको ग्रहण गर्ने बताए । उनले आगामी आर्थिक वर्षका लागि गोकर्णेश्वर नगरले महिला र जेष्ठ नागरिकलाई सम्मान स्वरुप विशेष कार्यक्रम तथा योजना ल्याउने तयारीमा रहेको समेत बताए ।


सो कार्यक्रम अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समिति र आइडिएसको समेत संयुक्त आयोजना रहेको थियो । गोकर्णेश्वर नगर उपमेयर शान्ति नेपाल, आइडिएस प्रतिनिधि, सभ्यता एकिकृत विकास समितिका प्रतिनिधि तथा महिला समूहको सहभागिता रहेको थियो । माकलबारी टोल सुधार समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले कार्यक्रमको समापन गर्दै टोल सफा राख्नका लागि सबैले सर्तकता अपनाउनुपर्ने भन्दै घरबाट निस्किएका फोहोरमैला जथाभावी नफाल्न आग्रह गरे ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us