Breaking News

एमाले–माओवादी पार्टी एकताको अन्तिम प्रयासः संयोजन समितिको बैठक भोली

काठमाडौं । एमाले(माओवादी पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ताले भोली संयोजन समितिको बैठक बोलाउने सहमति भएको हो ।

 

दुई नेताबीच भएको अढाई लामो छलफलमा पार्टी एकतासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । अब पार्टी एकता संयोजन समितिको बैठक भोली विहान १० बजे बस्नेछ ।  बैठकमा पछिल्लो समय एमाले माओवादी नेताहरुबीच चिसिदैं गएको सम्बन्धका विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । माओवादी नेता तथा मन्त्रीहरुले प्रधानमन्त्री आफ्नै ढंगले चल्दै आएका भन्दै विरोध गर्दै आईरहेका थिए ।

दुई नेताबीच भएको छलफलबाट भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिने सहमति भएको माओवादी केन्द्रका नेता जर्नादन शर्माले जानकारी दिए ।  एकताको विषय छलफल गर्न एमालेले आजै बेलुका ४ बजे स्थायी समितिको बैठक बोलाएको छ । त्यस्तै यसअघि मंगलबार माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु