मृत्युवरणका लागि पशुपति आर्यघाट ल्याएका कृष्णबहादुर खड्का घर फर्किए (भिडियो सहित)

मङ्गलवार, १ जेठ 7:12 PM

आर्यघाटमा मृत्युवरणका लागि आईपुगेका काभ्रे स्थायी घर भई हाल जडिबुडी बस्दै आएका ७४ वार्षिय कृष्णबहादुर खड्का आर्यघाटबाट घर फर्केका छन् । ग्लोबल अस्पताल ग्वार्कुमा आकस्मिक विरामीका रुपमा उपचारार्थ भर्ना भएका खड्कालाई २४ घण्टाको स्वास्थ्य परिक्षणपछि अस्पतालले अन्तिम घडिको संज्ञ दिदैं आर्यघाट लान अनुरोध गरेका थिए ।

त्यस लगत्तै उनका परिवार सहित ५० भन्दा बढि आफन्ता मलामीको रुपमा पशुपतिको आर्यघाट आईपुग्दा विरामी खड्काले आँखा खोलेर पशुपतिनाथसंग प्रार्थाना गरेर होसमा आएको उनका भतिज जीवन खड्का बताउँछन् ।  होस खुलेपछि त्यहाँ स्थित पशुपतिनाथ आर्यघाट स्वास्थ्य सेवा केन्द्रका वैद्यद्वारा आयुर्वेदिक उपचारपछि पूर्ण रुपमा स्वस्थ भएको र हासीखुसी गफ गर्न थालेपछि उनी घर फर्किन सकिने संकेत पाएपछि सबै जना अचम्मा मान्दै खुसी व्यक्त गरेका थिए । उक्त आर्यघाट स्वास्थ्य केन्द्रका बैद्यराज सुर्वण बैद्यले परम्परागत आर्युर्वेद उपचारपछि तन्दुरुष्त भएका खड्कालाई घर फकाउन सक्ने बताएका थिए ।


तर अस्पतालले २४ घण्टा नबित्दै आवश्यकताभन्दा बढि औषधी खरिद गर्न लगाएर विरामीको रोगको समेत ठेगान लगाउन नसकिएकोमा विरामीका आफन्ता आक्रोसमा छन् । तिनै ग्लोबल अस्पतालले क्षण क्षणमै औषधी किन्न पठाउने र औषधीको समेत प्रयोग नभएकोमा किन दुःख मात्र दिएको भनेर प्रशासनसंग प्रश्नसमेत गरेका छन् । एकैदिनमा ५६ हजारको औषधी किन्न लगाएपनि विरामीको रोगको बारेमा जानकारी नभएकोमा अस्पताल जस्तो संवेदनशील ठाउँलाई व्यापारिक दृष्ट्रिकोणले मात्र हेर्न नहुने विरामीका भतिज जीवन खड्का बताउँछन् ।
सरकारले दैनिक उपभोग्य तथा यातायात क्षेत्रमा समेत सिण्डिकेट विरुद्ध कदम चलाईरहदा स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशील क्षेत्रमा भने सिण्डिकेट कायमै छन् ।

 

त्यस्तै २४ घण्टा नबित्दै ५६ हजारभन्दाको बढि औषधी किन्न लगाएर विरामीलाई मृत्युवरणका लागि पशुपति आर्यघाट पु¥याएका ग्लोबल अस्पताल एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै थुप्रै अस्पतालहरु छन् मानवीय स्वास्थ्यलाई समेत खेलवाड गरेर लुटको कमाउ धन्दा गरिरहेका छन् । यस्ता अस्पताल तथा स्वास्थ्य क्षेत्रमा सम्बन्धित निकायको ध्यान जाओस सबैले सरल र सहज तरिकाले आफ्नो स्वास्थ्य लाभको कामना गरोस तिनै पुर्न जीवन पाएका कृष्णबहादुर खड्काको स्वास्थलाभको लागि हाम्रो कामना ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us