Breaking News

जेनेसिसका विद्यार्थीद्वारा एसईई परिक्षार्थीलाई विदाई

बैशाख ३१, तिनचुली । जेनेसिस एकेडेमीका कक्षा ९ र १० का विद्यार्थीहरुद्वारा चौथो व्याजको साथीहरुलाई विदाई गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अभिभावक तथा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । गत शुक्रबार बौद्ध गार्डेन पार्टी प्यालेस तीनचुलीमा भएको उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुद्वार साँस्कृतिक कार्यक्रम सहित एसईई परिक्षार्थीहरुलाई विदाई गरेका थिए ।

कार्यक्रममा विद्यालय प्राधानाध्यापक प्रमिला योञ्जनले विद्यालयबाट एसईई परिक्षामा सामेल भएका विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका गर्नुभएको थियो । कार्यक्रमलाई समापन गर्दै उक्त विद्यालयबाट एसईईमा सहभागि भएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु