Breaking News

वंशावली खोज्न ल्हाज्याङ गुम्बा जाँदै

मीन बहादुर तामाङ
काठमाडौं । सिङदान÷सिङतान÷ सिङथानहरुको वंशावली अध्ययन अनुसन्धान, खोज तथा विकास गरि लिखित इतिहास, बंशावली खोज्न न्युक्लियस सेन्टर नुवाकोट जिल्लाको ल्हाज्याङ गुम्बा जाने भएको छ ।

गत शनिवार पेप्सीकोला स्थित कोरियास्थित पूर्व नेपाली राजदुत कमान सिं लामाको संयोजकत्वमा गठित न्युक्लियस सेन्टरको विस्तारित बैठकमा सो निर्णय भएको हो । सिङतान÷सिङथान÷सिङदानहरुको वंशावली खोज, विकास तथा अनुसन्धानका लागि स्थलगत भ्रमणको सुरुवत नुवाकोटको ल्हाज्याङ गुम्बाबाट हुने तयारी गरिरहेको र सिङतान÷सिङथान÷सिङदानहरुको इतिहास लिखित रुपमा नभएको कारण एउटै भएपनि फरक–फरक उच्चारण गर्ने गरिएको निष्कर्षका साथ आगामी दिनमा एउँटै परिवार निर्माणका निम्त्ति गठित न्युक्लियस सेन्टरको सो विस्तारित छलफलमा सदस्यहरु वरिष्ठ थाङका व्यवसायी श्याम तामाङ लामा, ताम्बा लाल बहादुर सिङतान, गायक उत्सब सुब्बा लामा, सञ्चारकर्मी मीन बहादुर तामाङ, समाजसेवी गोरेबहादुर सिङतान, प्रेम सिङतान, सुक्साङ सिंतान, जीवन सिङतान, विनोद सिङतान, आरवि सिङतान, गणेशबहादुर सिङतान लगाएतको उपस्थिति रहेको थियो ।

 

विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व रहेको सो न्युक्लियस सेन्टरको विस्तारित छलफलले अगामी साउन २६ गते सिङतानहरुको बहुल्यता रहेको धादिङ जिल्लाको महादेवस्थानमा एक भेलाको आयोजना गरिने र सबैलाई समेटेर यसरी नै क्रमशः सिङतान÷सिङथान÷सिङदानहरुको बाग्लो बस्तीहरुमा भेलाको आयोजना गरेर एक आधिकारिक परिवार निर्माण गर्ने जानकारी श्याम तामाङ लामाले गोकर्णन्यूजलाई दिनुभयो । विश्वभरि छरिएर रहेका सम्बन्धित सबै सिङतान÷सिङथान÷सिङदानहरुलाई अवद्धताको लागि अह्वान गरिएको तामाङले बताउँनुभयो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु