चलचित्र ‘हरी’ पूर्व निर्धारित मितिमा प्रदर्शनमा नआउने

सोमवार, ३१ बैशाख 2:18 PM

काठमाडौं । बिपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘हरी’ पूर्व निर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ । निर्माता संघ र चलचित्र संघबीचको विवादका कारण चलचित्र ‘हरी’ को प्रदर्शन मिति परिवर्तन हुने भएको हो ।

यसअघि चलचित्र जेठ ४ गते प्रदर्शनमा आउने बताइएको थियो । “चलचित्र संघ र निर्मातासंघ बीचको बिबादका कारण हाम्रो चलचित्र अब पूर्व निर्धारित मितिमा नआउने भयो,” चलचित्र ‘हरी’ का अभिनेता विपिन कार्कीले भने, “४ गते प्रदर्शन नहुने निश्चित भए पनि अर्को मिति भने निश्चित भएको छैन । सम्भवत जेठ १८ गते प्रदर्शनमा आउने सम्भावना छ । तर फिक्स भने भैसकेको छैन ।”

चलचित्रमा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । ‘हरी’ लाई सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us