Breaking News

जोरपाटी माकालबारीमा कन्टेनरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते

बैशाख २७, जोरपाटी । काठमाडौंको जोरपाटी स्थित माकालबारीमा २ बा १८६३ नम्बरको कनटेनरले ठक्कर दिदाँ ८९ वर्षिय कृष्ण प्रसाद सत्याल गम्भीर घाईते भएको छ ।

बाह्राबिसे चल्ने उक्त कन्टेनर सामान पु¥याउन जोरपाटी आईपुगेको थियो । माकालबारी स्थित बसपार्कबाट फर्किने क्रममा वृद्धलाई ठक्कर दिएको हो । उक्त कन्टेनर र चालकलाई बौद्ध महानगरीय प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ । घाईते सत्यालको दायाँ हात भाँच्चिएको र दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।  सत्यालको हाल नेपाल मेडिक कलेजमा भर्ना गरिएको छ ।

सम्बन्धित समाचारहरु