गायिका मेलिना राईको ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

बुधवार, २६ बैशाख 1:51 PM

काठमाडौं। चर्चित गायिका मेलिना राईको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रतिरुप एल्बममा संमावेश ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो। 

 

कविका रुपमा परिचित दीपा राई पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ)मा एल्बममा समावेश गीत पुनको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो ।   गीतमा चर्चित गायिका मेलिना राईलाई सिडि बिजय अधिकारीले साथ दिएका छन् । भने संगित डिआर अटुले भरेका छन्।  यसैगरी गीतकार पुनका अनुसार जीवनको भोगाइहरु अभिव्यक्तिको रुमा लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राईले गरेका छन्। भने खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सन्जय निङलेखुको सहनिर्देशन रहेको छ।     यस्तै भिडियोलाई विवि लिम्बु, खग्रेन्द्र्र पान्दुक लिम्बु, पर्शु लिम्बु, सन्जय लिम्बुले छायाँकन गरेका छन भने। कोरियोग्राफी अबिन वानेम लिम्बुले गरेका छन्।

 

हाल अमेरिका बस्दै आएकी पुनको फागुनमा ‘प्रतिरुप’ एल्मबसँगै ‘बिहान बिहानै’ बोलको सार्वजनिक गरेकी थिइन्। यस्तै उनको ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् भने फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका छन्।  उनी नेपाल छदाँ पुष्प व्यवसायीकी रुपमा परिचित थिइन्। उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन्।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us