प्रमाणपत्रको आधारमा सरकारले ऋण उपलब्ध गराउनुपर्छः विद्यार्थी नेता शाही

बिहिवार, २० बैशाख 3:12 PM

बैशाख २०, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय प्रशिक्षण विभाग प्रमुख हिरेन्द्र शाहीले शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थीलाई ऋण उपलब्ध गराउने नीति तथा योजना नल्याएसम्म आन्दोलन जारी राख्ने बताए । शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने नीति तथा योजना सरकारले कार्यन्यवन नगरे गणतन्त्र आएको औचित्य नहुने बताए ।

 

 

गोकर्ण न्यूजको विशेष शैक्षिक बहसमा बोल्दै शाहीले विद्यार्थीको क्षमता र उत्पादनसंग जोडिएर काम गर्ने स्पष्ट अवधारणा पेश गरेमा राज्यका निकायबाट प्रोत्सहन सहित उचित ऋणको व्यवस्थापन गर्नुपर्ने बताए । जनताले आधारभूत रुपमा शिक्षा, स्वास्थ्य, र रोजगारी पाउनुपर्छ र विद्यार्थीले पाउनुपर्छ त्यो समस्या न्यूणिकरण गर्नका लागि नेपालका युवा विद्यार्थीलाई प्रमाणको आधारमा ऋण उपलब्ध गराउनु पर्ने भन्दै अहिलेको लोकतान्त्रिक सरकारले पहिलो प्राथमिकता र युवा विद्यार्थीको मुद्धलाई महत्वपूर्ण रुपमा कार्यन्वयनमा ल्याउन सरकारसंग माग गरेका बताए ।

 

विद्यार्थी आन्दोलन सिर्जनात्मक रुपमा अगाडी बढ्दै गएको छ । नेपालका विभिन्न चरणमा भएको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले योगदान पु¥याउँदै आएको छ । विद्यार्थीको हकहित, स्वास्थ्य तथा यातायातमा सहुलियत लगायत सामुदायिक हितका निम्त्ति पनि विद्यार्थी आन्दोलनले योगदान पु¥याउँदै आएको छ । पछिल्लो समयमा विद्यार्थी आन्दोलनकै क्रममा नेपालमा बढ्दो बेरोजगारी समस्यालाई न्यूणिकरणका लागि उत्पादनमुखी क्षेत्रमा लगानी गर्न शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक ऋणको माग सहित सिर्जनात्मक आन्दोलन चलिरहेको बताए । बाँकी अन्र्तवार्तामा

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us