शिक्षाको गुणस्तर विकासका लागि स्वस्थ प्रतिस्पर्धा अनिवार्य–बालकुमार गुरुङ, सचिव (एन प्याब्सन काठमाडौं)

आइतवार, १६ बैशाख 1:40 PM

भिम लामा

बैशाख १६, काठमाडौं । एन प्याब्सन काठमाडौं जिल्ला सचिव बालकुमार गुरुङले संस्थागत विद्यालयहरुमा देखिएको चुनौतिलाई न्यूनिकरण गर्न सरोकारवाला पक्षले निक्ष्पक्ष रुपमा अनुगमन गर्नुपर्ने बताए ।

 

गोकर्ण न्यूजको शैक्षिक विशेष बहसमा बोल्दै सचिव गुरुङले शिक्षा क्षेत्रलाई गुणस्तर र गुणात्मकमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै संस्थागत विद्यालयहरुले राज्यले तोकिएको मापदण्डको उल्लंघन गर्न नहुने बताए । केही शैक्षिक संस्थाहरु मापदण्डविपरीत सञ्चालनमा रहे पनि राज्यले कारवाही गर्न नसक्दा संस्थागत विद्यालयहरुलाई नै हेर्ने दृष्ट्रिकोण नकारात्मक बन्न पुगेको उनको दाबी छ । युग सुहाउँदो शिक्षाको लगानी मापदण्डभन्दा माथी जान नमिल्ने भन्दै राज्यले निययमन गर्नुपर्ने उनको तर्क छ ।   एन प्याब्सन काठमाडौंको सचिव समेत रहेका बालकुमार गुरुङले शिक्षा क्षेत्रमा सुधार र पढाईको गुणात्मक अभिवृद्धिका लागि कार्य सम्पादन गर्दै आएको बताउँदै २१ औं शताब्दीको शिक्षाको माग धान्न सक्ने शिक्षा प्रदान गर्न बहुआयमिक विद्यार्थी उत्पादन गर्नका लागि संस्था केन्द्रित रहेको बताए । शैक्षिक जगतमा शिक्षाको विकासका लागि स्वस्थ प्रतिस्पर्धाको आवश्यकता रहन्छ उनले भने ।

 

कान्तिपुर एकेडेमी हाई स्कूलका  प्रिन्सिपल समेत रहेको गुरुङले नेपाल सरकारले बनाएको शिक्षा सम्बन्धि कार्यक्रमलाई सम्बोधन गरेको कारण संस्थागत शैक्षिक संस्थाहरुलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक हुनुपर्ने धारणा राखे । उनले अर्को प्रसंगमा सरकारी लगानी र नीजि क्षेत्रको लगानीबाट सञ्चालित विद्यालयहरु एकअर्कामा परिपूरक रहनुपर्ने बताए । संस्थागत विद्यालयको राम्रो कुरालाई सरकारी विद्यालयले ग्रहण गर्नुपर्ने र संस्थागत विद्यालयले पनि सरकारी विद्यालयको राम्रो पक्षलाई अवलम्बन गर्नुपर्ने बताए ।  हरेक बालबालिकालाई राज्यले शिक्षाको पहुँचमा ल्याउनुपर्ने कर्तव्य रहे पनि विगतका वर्ष जस्तै अहिलेको नयाँ शैक्षिक सत्रमा पनि देखवाटी भर्ना अभियान गरेर टार्न खोजिएको छ । वास्तविक शिक्षामा देखिएकोे समस्य पहिचान गरेर समाधान गर्नुभन्दा पनि मिडिया प्रचारमा मात्र सिमित हुने अभियान सञ्चालन गरेको गुरुङको आरोप छ ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us