Breaking News

सिमलटारमा नेपालकै पहिलो अष्टधारी महामृत्युन्जय मन्दिर

बैशाख ७, जोरपाटी ।  काठमाडौँ महा नगरपालिका – ६ सिमलटारमा नेपालकै पहिलो महामृत्युन्जय मन्दिरको निर्माण सम्पन्न भएको छ । यस मन्दिर स्थानीय बासीहरुको श्रम दान, जिन्सी दान र नगद दानबाट निर्माण भएको जानकारी निर्माण समितिका अध्यक्ष जयराम चालिसेले दिएका छन् ।

एतिहासिक तथा पुरातात्रिक दृष्टिकोणबाट पनि यस मन्दिरको विशेषता रहेको छ ।  हिन्दु धर्मावलम्बी शास्त्र अनुसार महामृत्युन्जय मन्त्र वेदकै सबैभन्दा जेष्ठ मन्त्र भएकोअध्यक्ष चालिसेकोठम्याई छ । संस्कृतको चार वेद मध्ये महामृत्युन्जय मन्त्र ऋृग वेदमा उल्लेखित भएको रयसलेभगवान शिवको रुद्र अवतारलाई चिनाउने जानकारी समेत समितिका अध्यक्ष जयराम चालिसेले दिएका छन् ।

यस मन्त्रले मृत्युको मुखमा पुगेका जीवलाई समेत मृत्युको मुखबाट बचाई मृत्युसंग विजय गराउने कथन रहेको छ । त्यसैलेयसमहामृत्युन्जय मन्त्रलाई संजीवनी मन्त्र भनेको पाइन्छ ।  आउदो बैशाख २२ गते मन्दिरको भब्य उद्घाटन गरिने र उद्घाटन समारोहमा राष्ट्रिय ब्यक्तित्व, बौद्धिक वर्ग र जनसमुदायको ब्यपकउपस्थितिरहनेविश्वाससमेतनिर्माण समितिका अध्यक्ष जयराम चालिसेले लिएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु