स्वास्थ्यमन्त्रीबाट योजनाविहीन शीर्षकमा साँढे २५ करोडको रकमान्तर गर्न दबाब

सोमवार, ३ बैशाख 11:17 AM

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले योजनाविहीन विषयमा साँढे २५ करोड रकमान्तर गरेपछि विवाद भएको छ । राज्यमन्त्री अर्यालले योजनाविहीन विषयमा रकमान्तर गर्न दबाब दिएको मन्त्रालयका अधिकारीको गुनासो छ । विभिन्न पाँच स्वास्थ्य संस्थालाई अत्यावश्यक उपकरण खरिदका लागि विनियोजित रकम फिर्ता गराई मन्त्रीले खाली चेक काट्न आर्थिक प्रशासन शाखालाई दबाब दिएको उनीहरूले बताए ।

 

२५ करोड ४९ लाख रकम फिर्ता गराई योजना र शीर्षक विनै मेसिनरी औजारमा रकमान्तर प्रक्रिया अघि बढाउन राज्यमन्त्रीले आदेश दिएकी हुन् । स्वास्थ्य मन्त्रालय नीति, योजना तथा कार्यक्रम शाखाबाट फाइल अगाडि बढाई उक्त रकम फिर्ता गराउन लेखामा दबाब दिएपछि विवाद सतहमा आएको हो । ‘खर्च गर्ने समय अझै बाँकी छ,’ लेखाका एक उच्च अधिकारीले भने, ‘तर तीन महिना अघि नै खर्च गर्न नसकेको भनेर बजेट फिर्ता गराइएको छ । अत्यावश्यक उपकरण किन्न दिएको रकम बीचमा फिर्ता गर्नु कानुनतः मिल्दैन ।’

 

उनीहरूले कुनै योजना र राष्ट्रिय योजना आयोगको सहमतिविना खाली चेक काट्नु अख्तियारको दुरुपयोग हुने बताए । रकमान्तर भएको संस्था राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। राजेन्द्र पन्तले भवन निर्माणको काम भइरहेको बताए । ‘हामीले काम गर्न सक्दैनौँ भनेका छैनौँ,’ उनले भने, ‘धमाधम काम भइरहेको छ । अहिले पैसा फिर्ता दिने कुरा हामीबाट भएको छैन ।’ –नयाँ पत्रिकाबाट

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us