Breaking News

नेपाली कांग्रेसको केन्द्रिय सदस्य  गणेश लामालाई विना शर्त रिहाको माग सहित बनेपामा मसाल जुलुस

काभ्रे । हतियारसहित पक्राउ परेको आरोप खेपिरहेका  नेपाली कांग्रेसको केन्द्रिय सदस्य  गणेश लामालाई छुटाउन भन्दै काभ्रेको बनेपामा निस्किएको र्‍यालीमा प्रहरीले हस्तपक्षेप गरेको छ । नेपाली कांग्रेसको केन्द्रिय सदस्य लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेस र स्यथानीयले  राँके जुसुल निकालेको हो  ।

लामालाई छुटाउन माग गर्दै नेपाली कांग्रेसले र स्यथानीयले गोदाम चोकबाट जुलुस निस्किएको थियो । बनेपामा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तपक्षेप गरेको हो । अहिले बनेपामा प्रहरी र आन्दोलनकारी दुवैपक्षबाट ढुंगा हानाहान भैरहेको जानकारी छ ।

भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार अहिले तनावग्रस्त देखिएको छ ।

बनेपामा  मसाल जुलुस

गौशालाको होटल पशुपति भिजनमा गएको फागुन ३० गते गोली चलेको थियो । घटना लगत्तै पुगेको प्रहरीले गणेश लामालाई ७ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरी भनाइछ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ । कांग्रेस काभ्रे र स्यथानीयले भने लामालाई विना शर्त रिहा गर्न माग गर्दै मसाल जुलुस निकालेको  छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु