बौद्ध- जोरपाटी सडक निर्माणको कार्य तिब्रगतीमा हुँदै ( फोटो फिचर )

जोरपाटी, गोकर्णेश्वर वडा न. ५ – ६ अन्तरगत बौद्ध जोरपाटी सडकको मुहार फेरिदै छ ।
बौद्ध जोरपाटी सडक मर्मत कार्य तिब्र गतिमा भइरहेको छ १ गत हप्ता गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे र सडक बिभाग क्षेत्रिय कार्यालय प्रमुख बीच एक हप्तामा सडक मर्मत एवं निर्माण गर्ने सम्झौता भएको थियो १ त्यहि सम्झौता अनुरुप बौद्ध जोरपाटी सडक निमार्ण र मर्मत भैरहेको जानकारी मयेर चालिसेले दिएका छन् ।

सडक मर्मतसंगै स्थानीयहरु पनि खुशी देखिन्छन | बौद्ध स्थित एक चिया पसलेले अब धुलो र हिलोबाट सास्ती भोग्न नपर्ने भयो भनी खुशी व्यक्त गरे |
यस्तै स्थानीय निर्बाचनसंगै निर्बाचित प्रतिनिधिले विकास निर्माणको कामसंगै फोरमहिला ब्यबस्थापन गरेकोमा स्थानीय बासीहरुले खुशी व्यक्त गरेका छन् |

वडा समाचारहरु

सम्बन्धित समाचारहरु