खेलकुदलाई बजेटमा उपेक्षा, पदक चाहिँ अपेक्षा

आइतवार, ८ साउन 10:25 AM
latest news from kathmandu nepal, breaking news from kathmandu nepal, gokarna news, news from kathmandu nepal

पुरुषोत्तम पोख्रेल प्रशिक्षक (नेपाल वादोरियो कराते डो संघ शाखा डोजो जोरपाटी)

  वर्तमान परिप्रेक्ष्यमा बिश्व बिजयी बन्न सक्ने र बिश्वलाई चुनौती पेश गर्न सक्ने एक मात्र विधा भनेको खेलकुद मात्रै हो, तर राज्यले यो क्षेत्रलाई सौतेलो व्यवहार गर्दै आएको कुरा हरेक बर्ष खेलकुदका लागि छुट्याइएको बजेटबाट प्रष्ट हुन्छ । कमजोर भौतिक पुर्वाधार त्यसमाथि हुने ठेकेदारी ढिलासुस्तीले त झन शिलान्यास गरिएका रंगशाला कहिले सम्पन्न हुने हुन राखेपलाई समेत पत्तो छैन । खेल क्षेत्रमा राज्यको उचित ध्यान नपुग्दा पर्याप्त भौतिक पुर्वाधार बिनाको तयारीबाट पनि देशका लागि पदक ल्याउन पर्ने अहम जिम्मेवारी अहिले नेपाली खेलाडीहरुको काधमा रहेको जगजाहेर नै छ ।  

संघीय संरचना अनुसार स्थानीय सरकारले पनि खेल क्षेत्रलाई प्राथमिकता राखी

उचित बजेटको ब्यबस्था गर्नुपर्दछ, बार्षिक खेलकुद कार्यक्रम राखेर

प्रतियोगिता आयोजना गरी स्थानिय देखि राष्ट्रिय अन्तर्रािष्ट्रय स्तरका खेलाडी उत्पादन गरेमा नेपाललाई खेलकुद र खेलाडीको देशले परिचित हुन बेर लाग्ने छैन ।

  खेल रणनीति बनाउनु पर्ने स्थानमा बसेर राजनीति गर्नेहरुले यस क्षेत्रलाई सधै बिवादित तुल्याउनु पनि यस क्षेत्रको अर्को समस्याको पाटो हो । पुर्वाधार र प्रविधी मंैत्री बन्न नसक्दा पनि ठूलो समस्या भोग्नु परेको गुनासो खेलाडीहरुका छन् । खेल खेलेर गुजारा टार्न धौंधौ परेकाले सम्भावना बोकेका धेरै खेलाडीहरुले रुदै देश छाड्नु परेको कारुणिकता सम्म सरकारको धुमिल आखाले कहिले देख्ला ? यी सबै समस्याका जड खेलकुद भित्र हुने नाङो राजनीतिले हो । यसलाई बेलैमा उचित विश्राम नदिने हो, भने नेपाली खेलकुदमा अन्र्तराष्ट्रि पदक भित्रिन्थ्यो भन्नू बाहेक हामी सङ अरु केही रहन्न । संघीय संरचना अनुसार स्थानीय सरकारले पनि खेल क्षेत्रलाई प्राथमिकता राखी उचित बजेटको ब्यबस्था गर्नुपर्दछ, बार्षिक खेलकुद कार्यक्रम राखेर प्रतियोगिता आयोजना गरी स्थानिय देखि राष्ट्रिय अन्तर्रािष्ट्रय स्तरका खेलाडी उत्पादन गरेमा नेपाललाई खेलकुद र खेलाडीको देशले परिचित हुन बेर लाग्ने छैन । त्यसले राज्य र राजनीतिले सधै प्राथमिकता र प्रोत्साहन गर्न सके सगरमाथा गौतम बुद्ध जस्तै खेलकुदको देश भनेर नेपाल बिश्वभर चिनिन्छ ।                  

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us