अनिल पाण्डेद्वारा सिलाई मेसिन सहित ५० हजार नगद सहयोग हस्तान्तरण

असार ३१, काठमाडौं ।  अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी तथा कलाकार अनिल पाण्डेले नेपालमा महिला उत्थानमा सहयोग पु¥याउने उद्देश्यले सिलाई मेसिन सहित ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

अमेरिकामा बसोवास गर्दै आएका पाण्डे मदरल्याण्ड नेपाल नामका संस्थाका सस्थापक अध्यक्ष र नेपाल पर्यटनबोर्डबाट अमेरिकामा एचपिआरआर समेत रहेका छन् । उनले नेपालमा महिलाको उत्थानका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरेका हुन् ।

श्री पशुपतीनाथ नृत्य आरती परिवार संस्थाको २२ औं साधारण सभाको अवसरमा शनिवार काठमाडौंमा उक्त संस्थाका महिला सदस्यहरुलाई सक्रिया बनाई सीप तथा क्षमता अभिवृद्धि सहित आत्मनिर्भरता बनाउनका लागि सहयोग गरेको संस्थाकी अध्यक्ष उर्मिला बस्नेत भण्डारीले बताईन् । कार्यक्रममा श्री पशुपतिनाथ नृत्य आरती परिवारमा योग्दान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु