असार १९, जोरपाटी । गोकर्णेश्वर नगरपालिका स्थित आरुबारीका स्थानीय बासिन्दाजागे समयमै मेलम्ची खानेपानीको काम सम्पन्न नगरेको भन्दै मेलम्चीखानेपानीको अफिसमा तालाबन्दी गरेका छन् ।
काम सम्पन्न नगरी सडक बाटोमा खानेपानी विछ्याउन खनेको खल्डो जस्ताको तस्तै राखेको भन्दै बाहिर हिडडुल गर्न समेत सास्ती खेप्नु परेको भन्दै स्थानीयवासी आक्रोशमा उत्रिएका छन् ।
मानवीय असुरक्षा बढ्दै गएको भन्दै तत्काल काम सम्पन्न गरी सडक विस्तारमा सहयोग पु¥याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् । आज विहानदेखि आन्दोलनमा रहेका स्थानीयवासी संगै गोकर्णेश्वर नगर वडा ८ र ९ जननिर्वाचित अध्यक्षहरु समेत सहभागी रहेका छन् ।