Breaking News

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता

काठमाडौं । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ । एमालेले कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएपछि सरकारले प्रधानन्यायाधीश विरुद्ध लगाएको महाअभियोग फिर्ता लिएको छ ।

महाअभियोग फिर्ता भएसँग सदन चलेको छ । अहिले अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण जारी राखेका छन् । बजेटको आकार १२ खर्व ७८ अर्बको हुने छ । आज बसेको मन्त्रीपरिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको छ । चार बजेकालागि तोकिएको बजेट भाषण कार्यक्रम निर्धारित समयभन्दा ढिला सुरु भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु