मतपत्र च्यात्नेलाई १ लाख जरिवाना र २ वर्ष कैद

सोमवार, १५ जेठ 3:39 PM
काठमाडौँ । प्रतिस्पर्धाकै आधारमा पनि रोचक बनिरहेको भरतपुर महानगरपालिकाको मतगणना एक्कासी अन्यौलको स्थितीमा पुगेको छ । आतबार राती मतगणना भइरहँदा मतगणनामा प्रतिनिधि भएर खटिएकाहरुले नै मतपत्र च्यातेपछि भरतपुरमा तनावको अवस्था सृजना भएको थियो भने अब मतगणना अनिश्चित समयका लागि स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले पत्रकार सम्मेलन गरी घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदन अनुसार अघि बढ्ने बताएका छन् । उक्त समयमा आफू पिसाब फेर्न गएकोले मतपत्र कसले च्यातेको नदेखेको बताएका न्यौपानेले ती व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्यातेको बताएका छन् । यद्यपी मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माअ‍ोवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तो छ कानुनी व्यवस्था मतगणना भईरहेको बेला जबर्जस्ती मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी कागजपत्र च्यातेमा एकलाख रुपैयाँ जरिबाना र २ वर्षसम्मको कैद वा सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । निर्वाचन कसुर तथा सजाय सम्बन्धी ऐन २०७३ को दफा (१६) को उपदफा (२) मा यस्तो सजायको व्यवस्था गरिएको उल्लेख छ । दफा १६ को (१) मा भनिएको छ – कसैले पनि निर्वाचनको मतगणना भइरहको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति बिना मतगणना स्थलबाट अन्यत्र लैजान हुँदैन । यदि यसो गरेमा..... उपदफा (२) मा भनिएको छ – दफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।  news of local election bharatpur, breaking news from kathmandu nepal, latest news from kathmandu nepal, gokarna news भरतपुरको घटनालाई लिएर अब निर्वाचन कानुनको परीक्षाको घडी सुरु भएको मान्न सकिन्छ । घटनाको छानबिन गरी यदि कानुन अनुसार अगाडि बढ्ने हो भने माथि उल्लेखित कुनै पनि कारबाही दोषी उपर हुनुपर्ने हुन्छ । आइतबार राती भरतपुर महानगरपालिकामा १९ नम्बर वडाको मतगणना चलिरहेको बेला मतपत्र च्यातिएको थियो । सोही अवधिसम्म एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली माअ‍ोवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा ७५५ मतले अगाडि रहेका थिए । यस घटनाको बारेमा भने उम्मेदवारले आ–आफ्नै किसिमको तर्क गरेका छन् । रेणुले आफूले चुनाव जित्न लागेपछि एमालेबाटै षडयन्त्र गरिएको तर दोष माओवादीलाई लगाइएको आरोप लगाएकी छिन् भने उता देवीले भने हार्ने निश्चित भइसकेपछि योजनावद्ध ढंगले मतपत्र च्यातिएको बताएका छन् । यो घटनासँग उम्मेदवार, पार्टी र पार्टीका कार्यकर्ताको आ–आफ्नै राय भएपनि स्वतन्त्र जनता यो चाहन्छन् कि - कानुनलाई हातमा लिएर जनताको मतको दुरुपयोग गर्ने  दोषी उपर कारवाही गरियोस् ।

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us