Breaking News

स्थानीय तहको निर्वाचनले हिजोका एकात्मक केन्द्रिकृत राज्य प्रणालीको अधिकारलाई तोडेको छ – (टि आर नेपाल माओबादी केन्द्र – मेयरका प्रत्यासी)

बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वरबाट माओबादी केन्द्रबाट मेयरका उम्मेद्वार बनेका टिआर नेपाल आफु विजयी बन्न नसकिए पनि जनताको पक्षमा सधै अगाडी रहने बताएको छ ।
गोकर्णेश्वर नगरवासीले माओबादी केन्द्रलाई दिएको मतको सम्मान गर्दै गोकर्णेश्वरको समस्य पुरा गर्ने तर्फ लाग्ने प्रतिबद्धतता गर्दै निरन्तर रुपमा जनताको हितमा जितेकाहरुलाई खबरदारी सहित अगाडी बढ्ने समेत बताए ।

यो स्थानीय निर्वाचनले हिजोका एकात्मक केन्द्रिकृत राज्यलाई तोड्दै जनतामा स्थानीय राज्य व्यवस्थापन अधिकार ल्याएको जिकिर गर्दै सिहंदरबारमा भएको केन्द्रिकृत राज्य प्रणालीका सेवा सुविधा अधिकारलाई गाउँसम्म ल्याउन सफल भएका बताए ।

लामो समयको मेहनत र संघर्षपछि आएको यो परिवर्तनले जनतामा उत्साह छाएको छ परिवर्तनको ढोका खुलेको दावी गरे । साथै निर्वातचनमा यो पार्टीले जित्यो उसले हा¥यो भन्नु भन्दा पनि सिंगो नेपाली जनताले जितेको महसुस गर्न सक्नुपर्छ र सबै मिलेर अघि बढेमा यस क्षेत्रको विकास स्तरमा फरक आउने उनले भने ।

हेर्नुस बाँकी अंश भिडियोमा

वडा समाचारहरु

सम्बन्धित समाचारहरु