अन्तराष्ट्रिय तेक्वानदो खेलाडि महेश के सी संगको अन्तर्वार्ता

आइतवार, २० चैत्र 2:58 PM
mashes kc
अन्तराष्ट्रिय तेक्वानदो खेलाडि महेश के सी संगको अन्तर्वार्ता पत्रकार ः हजुरको जन्म कहाँ र कहिले भएको थियो रु खेलाडी ः वि स २०३६साल फागुन ४ गते बुढानिलकण्ठ नगरपालिकामा भएको हो । पत्रकार ः हजुरको बाल्यकाल कसरि बित्यो ? खेलाडि ः बाल्यअवस्थामा कपन गा वि स भन्ने गाउँमा बस्ने क्रममा साथिभाई सँग गोठालो जादै र रमाईलो गर्दै बित्यो । पत्रकार ः कति सालमा तेक्वानदो खेलमा लाग्नु भयो ? खेलाडि ः वि स २०५५ सालबबाट सुरु गरे । पत्रकार ः धेरै खेलक्षेत्रहरु छन तर तपाईलाई तेक्वानदो खेल मन पर्नु को कारण के हो ? खेलाडि ः बाल्यकालमा धेरै कुस्ति खेल्न मन पथ्र्यो त्यस्तै क्रममा गाउँको छिमेकि दाई पनि तेक्वानदो खेल्नु हुदो रहेछ त्यसकारण म पनि यो खेल खेल्छु भन्ने सोचले यस खेल तर्फ जान थाले । पत्रकार ः यो खेल खेल्न तपाईलाई कसले पे्ररण दिनु भो अथवा तपाई आफै यो खेलमा क्षेत्रमा लाग्नु भयो ? खेलाडि ः सानै देखि कुस्ति मन पथ्र्यो र छिमेकि दाई श्याम पौडेलले पनि तेक्वान्दो खेलेको देखेर आफैले पनि खेल्न थाले र यो खेल पनि तेक्वानदो सँग मिल्ने भएकोले खेल्न थालेको हु । पत्रकार ः तेक्वानदो खेल्दा परिवारको सहयोग कतिको पाउनुभो ? खेलाडि ः बुबा आमा अशिक्षित हुनु भएको कारण सुरु सुरुमा गाह्रो भयो हात खुट्ठा भाचिन्छ भनेर उठाउनु भएन तर मेरो ईच्छा भएको कारण तेक्वानदो खेललाई निरन्तरता जारि राखे । पत्रकार ः तपाईले पहिलो मेडल अर्थात तपाईले यस खेलमा पहिलो सम्मान कहिले र कहाँ पाउनु भयो कस्तो अनुभव भयो ? खेलाडि ः ६०/ ६२ साल तिर दार्जिलिङको जिनखाना भन्ने ठाउँमा एउटा च्यामपिएनसिप भएको थियो अहिले पनि अमेरिकामा पुसेको छोरि भन्ने हुनुहुन्छ उहाँलाई नै टे«निङ गराउने गुरु गङगिति के सि भन्ने तेक्वानदो सिकाई टाई वेल्ट हुनुहुन्छ उहाँले नै तेक्वानदो र कराते आयोजना गर्नु भएको रहेछ उतm खेलहरु करातेको भाषामा काँता र नेपाली बोलिचालि भाषामा पुसे भन्ने बिद्यामा घचम तृतिय स्थानको मेडल र कुस्ति तेक्वानदोमा पनि घचम तृतिय स्थानको मेडल पहिलो मेडल हो । यसरि पहिलो मेडलको साथै नेपालबाट आएको नेपालीहरु भन्ने बितिmकै दार्जिलिङका नेपाली बासिहरु र तेक्वानदो खेलाडिहरुको सद्भावना देखेर खेल बिद्यामा लाग्नु आफैमा खुसिको अनुभव भयो । पत्रकार ः तपाईको मिसेज पनि तेक्वानदो खेलाडि नै हुनुहुन्छ भन्ने सुनिन्छ नि ? खेलाडि ः मेरो मिसेजको कुरा गर्नु पर्दा उनि एउटा दौड को राष्ट्रिय पदमा पुगेको र २० मिनेट १९ सेकेण्डमा ५ किलो मिटर दौडने गर्थिन त्यसैक्रमा तेक्वादो पनि खेल्न सुरु गरिन मेरो विद्यार्थि भएर मैले आफनो बिद्यार्थिलाई मन पराएर बिहे भएको हो । र तेक्वानदो पनि उनि जबाि दबिअप पद पाएकि छिन् । पत्रकार ः तपाईले कोरियामा गोल्ड मेडल पनि जित्नुभो कस्तो अनुभव भयो ? खेलाडि ः वि स २०६५ ६६ तिर लापिलाङ सेवा गरेर आए त्यस तेक्वानदो खेलकै कै लागि कोरिया जाने अवसर पाए त्यस खेल आठौ छेजु च्यामपियन सिप थियो खेलाडि उत खेलमा ४० ४५ देशका खेलाडिहरुको सहभागिता थियो । ४० ४५ देशको खेलाडि भए पनि मैले गोल्ड मेडल प्राप्त गर्न सफल भए । यो समयमा म धेरै नै हर्षित भए अर्को कुरा छेजु भन्ने ठाउँ कोरियाको पनि यस्तो ठाउँ वरिपरि समुन्द्र र बिचमा टापु भएको ठुलो शहर त्यहाँको स्वच्छवातावरण आकार प्रकारका ढुङ्गा समुन्द्रको पानी जिवनभरको लागि स्मरणिय क्षण भयो । पत्रकार ः यस समयसम्म आईपुग्दा तपाईले के कस्ता समस्याहरु के सामना गर्नु प्र्यो ? खेलाडि ः खेलमा शुन्यता भएको नेपाल जस्तो देशमा चुनौतिहरुलाई सामना गर्दै हात खुट्टा भाचिन सक्छ नेपाmमा खेलकुदको सामानहरु नहुने अर्को तिर ठाउँको अभाव म्याटहरु नहुने त्यसकारण २०५५ सालतिर पशुपतिको सिढिमा खेलनु’पर्ने थियो केहि गरि लडि हाल्यो भने हात खुट्ठा भाचिन सक्थ्थ्यो चुनौतिको कुरा गर्दा मैले सबैभन्दा ठुलो पढाई बिगारे पढन सकिएन यो नै मेरो लागि ठुलो चुनौति हो पत्रकार ः सबै भन्दा ठुलो चुनौति उढाई भन्नुभयो कति तह सम्म अध्धय गर्नु भयो ? खेलाडि ः मैले पढाईलाई स्नातक तह सुरु त गरे तर खेलक्ष्ोत्रमा लागेको हुनाले स्नातक तक पुरा गर्न सकिन बिगत २०६३ सालदेखि खेलक्षेत्रमै आबद्व छु । पत्रकार ः पछिल्लो समयमा अनलाईन तिर हामिले देख्छौ कि तपाई पनि वडाद्घयक्षको उम्मेद्वार उठनु भएको छ भनेर के हो साचो हो ? खेलाडि ः कुरा त ठिकै हो तर म धार्मिक आस्थामा धेरै विस्वास गर्ने भएकोले स्वतन्त्र वडाद्वक्षमा जाने चुनावि रणनितिमा नजाने निर्णय गरेको छु र पत्रकार ः कुनै समय खेलाडि भएकोमा पछुतो गर्ने अवस्था आयो ? खेलाडि ः कति समय त पैसा हुदैन थियो त्यस बेला अलि नरमाईलो लाग्थ्यो अहिलेको समयमा आँउदा चाहि मानसम्मान हेर्दा पैसा ठुलो कुरा लाग्दैन । पत्रकार ः अन्तयमा तपाई अब आउने पिढिलाई के भन्न चाहानुहुन्छ ? खेलाडि ः सर्वप्रथम खेललाई भन्दा पनि पढाईलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्न चाहान्छु खेल पनि आवश्यक छ तर तेक्वानदो नै खेलनुपर्छ भन्ने छैन अरु खेलहरु फुटबल बलिबल दौड व्याटमिनटन खेल मध्ये कुनै एक खेलमा आवद्घ हुदा शरिरको लागि राम्रो हुन्छ भन्न चाहान्छु

आफ्नो विचार राख्नुहोस

थप सम्बन्धित समाचार
Follow
Us